खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २८

माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक कार्यक्रम तथा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । खाल्टे स्थित न्यु प्रगतिशील युवा क्लबको आयोजनामा माघे संक्रान्तिको अवसरमा माघ १ गतेदेखी उक्त बृहत् सास्कृतिक कार्यक्रम तथा पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

‘सभ्य भाषा सभ्य सस्कार जगेर्ना गरौं, आफ्नो गाउँ आफै बनाउँ’ भन्ने मुल नाराका साथ सो कार्यक्रम आयोजना गर्न खोजिएको कलाकार संयोजक राम वशीं ठकुरीले बताए । यस वर्ष क्लवको ट्रस भवन निर्माणकोलागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक किरण मल्लले बताए ।

क्लवले माघे सक्रान्तिमा विगतदेखी नै सांस्कृतिक कार्यक्रम तथा खेलकुँदका कार्यक्रम गर्दै आएको छ । यसवर्ष माघ १ गते सांस्कृतिक कार्यक्रम तथा माघ २ गतेदेखी भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवले जनाएको छ । उक्त कार्यक्रम माघ ४ गते समापन हुने क्लबका कार्यक्रम ब्यवस्थापक प्रमोद मल्लले बताए ।

सांगीतिक धमाका अन्तर्गत चर्चित लोक तथा दोहोरी गायक राजु गुरूङ्ग, गायिका गिता आले मगर, गायक विष्णु मल्ल, गायक छबि खाँण ठकुरी र मोडल राम रानाको बेजोड प्रस्तुती रहने आयोजले बताएको छ ।

भलिवल प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेताले २५ हजार र तृतीय हुने टोलीले १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने भने प्रतियोगिताको नाम इन्ट्रि शुल्क ३ हजार रहेको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ