शुक्लागन्डकीमा मृत भेटिएकी महिलाको सनाखत, घटनाको अनुसन्धान जारी

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २८

शुक्लागण्डकी नगरपालिका–५ सेती नदीको बगर कसेरीघाट स्थित शुक्लागण्डकी नगरपालिकाको निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र नजिकै मृत भेटिएकी महिलाको सनाखत भएको छ । प्रहरीका अनुसार मृतक महिला भिमाद नपा–८ भागर बस्ने बर्ष ५८ की देउमाया थापा रहेकी छिन् । उनको छोराले सनाखत गरी दमौली प्रादेशिक अस्पतालमा पोष्टमार्टम पश्चात शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का मृतक प्रशोधन केन्द्रका सुरक्षागार्ड रहेका शुक्लागण्डकी नपा–११ बस्ने बर्ष ४१ को नारायण बिक रहेका छन् । उनको शव पोष्टमार्टम पश्चात् मृतकको आफन्तले बुझी लगेका छन् । मृतक विक ग्रिन रोड कम्पनीका सुरक्षागार्ड थिए । उनी विगत तिन महिनादेखी प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए ।

नारायणसँगै लास भेटिएका अर्का पुरुषको भने हालसम्म सनाखत नभएको प्रहरीले जनाएको छ । उक्त सरसफाई प्रशोधन केन्द्रमा गत पुस २६ गते बिहान नारायण र सनाखत नभएका अर्का पुरुष तथा प्रशोधन केन्द्र भन्दा करिब ७ सय मिटर पर देउमायाको शव हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

सनाखत नभएका पुरुष र देउमाया फोहोर मैला संकलन गरि प्रशोधन केन्द्र नजिकै टहरामा बस्दै आएका थिए । उनीहरु प्रशोधन केन्द्रमा फोहोर बर्गिकरणको काम गर्दै आएका थिए । मृतक तिनै जनाको अवस्था हेर्दा उनीहरु दुवैलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ । नारायण र अर्का पुरुषको पेटमा तथा देउमायाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी श्रवणकुमार विकले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भईरहेको बताए । उनले घटनामा संलग्नहरु चाँडै नै पक्राउ पर्ने दाबी गरे । घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सुक्ष्म अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ