निर्वाचन प्रहरीकोलागि ६९४ को आवदेन

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २८

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि निर्वाचन प्रहरीको भर्ना आवेदन जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा सोमबार साँझसम्म महिला १६२ र पुरुष ५३२ गरि जम्मा ६९४ जनाले आवेदन दिएका छन् ।

आवदेन दिने अन्तिम मिति माघ १ गतेसम्म रहेको छ । निर्वाचन प्रहरीमा भर्ना हुन चहानेले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय आबुँखैरेनी, बेलचौतारा र बन्दीपुर तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँको कार्यालयमा पनि आवदेन दिन सकिनेछ ।

यसपटक तनहुँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्गत रहनेगरि १५७२ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । निर्वाचन प्रहरीमा भर्ना हुनकोलागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यसबाहेक साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलमा आवद्ध नभएको, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको तथा कुनै आतंकबादी तथा बिध्वंसात्मक संगठनको सदस्य नभएको हुनुपर्ने छ ।

निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । निर्वाचन प्रहरीको रुपमा सेवा गरेवापत ४० दिनको एकमुष्ठ ३४ हजार ७७६ तथा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले प्राप्त गर्ने अनुसारको खाद्यान्न वापतको रकम पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ