देवघाट । पुस २८
तनहुँ, चितवन र नवलपुरको संगममा पर्ने प्रसिद्ध धार्मिक स्थल देवघाटमा माघे सक्रान्तिमा लाग्ने मेलाको तयारी करिब अन्तिम चरणमा पुगेको छ । देवघाट क्षेत्र विकास समितिले मेलालाई व्यवस्थित गर्न तयारीहरु गरिएको बताएको छ ।



माघे सक्रान्ति मेलालाई व्यवस्थित बनाउन देवघाट क्षेत्र विकास समितिले आवश्यक सबैखाले तयारी गरेको जनाएको छ । माघे सक्रान्ति मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देवघाटको महिमा र पहिचानको उजागर गर्ने हुँदा मेलालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वररीराज लौडारीले बताए ।
देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला ऐतिहाँसिक र पवित्र मेला भएको बताए । माघ महिनाभर देवघाटमा आई स्नान गरेमा पुण्य प्राप्त हुने विश्वास रहेको भन्दै उनले अझ विशेषगरि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नुको आफ्नै महत्व रहेको बताए । देवघाटको मेला र मांस मदिरा एकै ठाउँमा रहन नसक्ने भन्दै मेला अवधिभर देवघाटमा मांस मदिरालाई कडाईका साथ नियन्त्रण गर्नु पर्ने पुर्व अध्यक्ष पौडेलले बताए ।
देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा तथा यसक्षेत्रका बासिन्दाको पनि सर्वोपरी हित हेर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।
माघे सक्रान्ति मेला व्यवस्थित रुपमा सन्चालन गर्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीको संयोजकत्वमा १५१ सदस्यिय मुल समारोह समिति गठन गरिएको छ । साथै विभिन्न २९ वटा उपसमितिहरु पनि गठन गरिएका छन् । गठित उपसमितिहरुमा स्वंयमसेवक परिचालन उप–समिति, धुनी ब्यबस्थापन उप–समिति, बजार ब्यबस्थापन, सरसफाई तथा अस्थायी शौचालय व्यस्थापन उप–समिति, खानेपानी व्यवस्थापन उपसमिति, प्राथमीक स्वास्थ्य उपचार उपसमिति, सडक बत्ती व्यस्थापन उप–समिति रहेका छन् ।
त्यसैगरि आकस्मिक उद्दार एवं स्नानघाट सुरक्षा ब्यावस्थापन उपसमिति, मेला व्यवस्थापन मुल समिती सचिवालय समिति, सुचना सन्चार एवं प्रचार प्रसार उप–समिति, मेला सुरक्षा व्यबस्थापन उपसमिति, रुट निर्धारण उपसमिति, सडक मर्मत तथा सम्भार उपसमिति, बिघुत नियमित आपुर्ती उपसमिति, डुङ्गा एवम् घाट ब्यबस्थापन उपसमिती, मेला अनुगमन तथा मूल्यांकन उपसमिति तथा पार्किङ उपसमिति रहेका छन् । त्यस्तै देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङको संयोजकत्वमा मेला अनुगमन समिति पनि गठन गरिएको छ ।
यसैविच मेलाको तयारीको बारेमा जानकारी दिन मंगलबार देवघाट क्षेत्र विकास समितिको कार्यालयमा पत्रकार सम्मेलन गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।












