तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल निर्विरोध

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २८

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल निर्विरोध निर्वाचित हुने भएका छन् । संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै संघको अध्यक्ष बन्ने हुँदा आइतबारदेखी आयोजित अधिवेशनमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको छ ।

संघको सबैभन्दा चासोको रुपमा रहेको बरिष्ठ उपाध्यक्षमा हालका प्रथम उपाध्यक्ष कुमार मल्ल र महासचिव सुवोध अधिकारीको उम्मेदारी परेको छ । त्यस्तै एक जना प्रथम उपाध्यक्षको लागि दिनेशकुमार श्रेष्ठ, शुरेश पुरी र दिपक कोईरालाको उम्मेदवारी परेको छ ।

यसैगरि एक जना द्वित्तिय उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, राजकुमार श्रेष्ठ र भिमलाल श्रेष्ठ र एक जना कोषाध्यक्षमा शिवओम मल्ल, भुपाल आले र महेशकुमार मल्लको उम्मेदवारी परेको छ । त्यस्तै एक जना बस्तुगत सदस्यकोलागि अधिकृत विक्रेता संघका लालप्रसाद प्रधान, पुस्तक तथा स्टेशनरी व्यववसायी संघका रामचन्द्र सापकोटा र सुनचाँदी व्यवसायी संघका हरि गहतराजको उम्मेदवारी परेको छ । एक जना एसोसियट्स सदस्यको लागि भने कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन संयोजक सरिता भण्डारीले बताइन् ।

संघका सदस्यहरु भने विभिन्न बजार इकाईबाट निर्वाचित भएका जिल्ला प्रतिनिधि नै हुन्छन् । संघको पदाधिकारीमा सहमती नभए मंगलबार निर्वाचन हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ