आचार्य परिवारद्वारा महर्षी संस्कृत माविमा ‘दुर्गा–कृष्ण–शशी आचार्य अक्षयकोष’ स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १

व्यास नगरपालिका–३, दमौलीस्थित महर्षी वेदव्यास संस्कृत माविमा व्यास नपा–३ को आचार्य परिवारद्वारा ५ लाख रुपैयाँ राशीको दुर्गा–कृष्ण–शशी आचार्य अक्षयकोष’ स्थापना गरिएको छ ।

व्यास नपा–३ की समाजसेवी, महिला नेतृ तथा नेपाल महिला संघ तनहुँकी पूर्व सभापति स्वर्गीय शशी आचार्यको वार्षिक पुण्यतिथिमा विहिबार पाँच लाख रुपैयाँ राशीको ‘दुर्गा–कृष्ण–शशी आचार्य अक्षयकोष’ स्थापना गरिएको हो ।

स्वर्गिय आचार्यकी बुहारी राधा आचार्य, नाति डा. किशोर आचार्य, नातिनी बुहारी दिव्या नेपाल आचार्य, छोरीहरू नारायणी, सरिता र इन्दिरा, ज्वाइँहरू तथा आचार्य परिवारको संयुक्त पहलमा उक्त अक्षयकोष स्थापना गरिएको हो ।

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोष वापतको चेक हस्तान्तरण गरिएको थियो । उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकम मार्फत विद्यालयमा अध्ययनरत बटुकहरूको भागवत सेवा तथा बटुक सेवामा खर्च गरिने जानकारी बुहारी राधा आचार्यले दिइन् ।

अक्षयकोष स्थापनासँगै उक्त अवसरमा विद्यालयमा अध्ययनरत ३० जना बटुकहरूलाई बिहानको पूजा सामग्री (म्याटेस), भोजन, कपडा तथा दक्षिणा समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीशरण सिग्देलले समाजसेवी तथा महिला अधिकारका लागि सक्रिय शशी आचार्यको योगदान स्मरण गर्दै आचार्य परिवारप्रति धन्यवाद व्यक्त गरिन् । उनले यस किसिमको योगदानले संस्कृत शिक्षाको संरक्षण, संवद्र्धन र सामाजिक सेवाको भावना प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उक्त अवसरमा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्य, पूर्व शिक्षा प्रमुख नरेन्द्रप्रसाद रेग्मी, कर्मचारी युनियनका पूर्व अध्यक्ष तथा समाजसेवी विशेश्वर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ