माघे संक्रान्ति मेलाः देवघाटका संघ संस्थाको चन्दा संकलन गर्ने उपयुक्त थलो

Devghat Online

शेयर गरौ

देवघाट । माघ १

देवघाट गाउँपालिका–५ कालिमाटीमा निर्माणाधिन भर्जन कालिका मन्दिरको निर्माणकोलागि २०८१ सालको माघे संक्रान्ति मेलामा ६ लाख ३७ हजार भन्दा बढि रकम संकलन भयो । गत वर्ष माघ महिनाभर देवघाटमा इश्वरकृष्ण महाराजद्वारा देवघाट महा–महोत्सव आयोजना गरिएको थियो । उक्त अवधिभर भर्जन कालिका मन्दिर मात्र हैन, देवघाटका अन्य मन्दिर र संघ संस्थाले लाखौं रुपैयाँ संकलन गरे ।

मेला स्थलमा व्यानर राखेर माइकिङ गर्दै प्रचार प्रसार गरेपछि भक्तजनले रकम उपलब्ध गराउँछन् । मेला स्थलमा ति संघ संस्थाले दान पेटिका र रसिद मार्फत चन्दा संकलन गरिरहेका हुन्छन् । यस वर्ष पनि देवघाटका करिब एक दर्जन संघ संस्थाले मेला स्थलमा चन्दा संकलन गरेका छन् ।

भर्जन कालिका बाहेक, दुर्गा मन्दिर संरक्षण समिति, कालिका मन्दिर, राम मन्दिर, हुनमान मन्दिर, देवघाट कलेज तथा विभिन्न गुरुकुल, आश्रम र विद्यालयहरुले मेला स्थलमा चन्दा संकलन गरेका छन् । यसवर्ष कुन संस्थाले कति रकम संकलन ग¥यो भन्ने खुलेको छैन ।

भर्जन कालिका मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले सरकारी स्तरबाट सहयोग नपाउँदा संघ संस्थाले मेला स्थलमा व्यक्तिसँग चन्दा संकलन गर्नु स्वभाविक भएको बताए । भर्जन कालिका मन्दिरले २० भन्दा बढि रकम यस्तै मेला महोत्सवबाट संकलन गरेको न्यौपानेले बताए । यस्ता मन्दिर तथा सामाजिक संघ संस्थाको भवन निर्माणकोलागि सरकारले सहयोग गरेको भए यसरी चन्दा संकलन गर्न नपर्ने न्यौपानेले बताए । भक्तजनहरुले स्वतःस्र्फुत रुपमा दिएको दान आफुहरुले स्विकार गरेको न्यौपानेले बताए । पाँच सय भन्दा बढि रकमको रसिद उपलब्ध गराउने र अन्य रकम दानपेटिकामा राख्ने गरेको न्यौपानेले बताए । भक्तजनले उपलब्ध गराएको रकम पारदर्शी हुने बताए ।

त्यसैगरि देवघाटमा यसैवर्षबाट सन्चालित देवघाट कलेजलेपनि मेला स्थलबाट चन्दा संकलन गरेको छ । समुदाय स्तरबाट सन्चालिन उक्त कलेज सन्चालन गर्न रकमको अभाव भएपछि मेला स्थलमा व्यानर राखेर चन्दा संकलन गरिएको देवघाट कलेज व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको