त्रिशूलीमा भेटिएको बस निकाल्न सकसः एसपी कार्की

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ३

गत २०८१ असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको ‘गणपति डिलक्स’ बसको अवशेष १८ महिनापछि बालुवामुनी फेला परे पनि बाहिर निकाल्न भने निकै चुनौती भएको छ । सुरक्षाकर्मीको टोलीले गत आइतबारबाट उक्त बस निकाल्ने प्रयास गरिरहेपनि अहिलेसम्म खासै प्रगति भने भएको छैन ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित दुन्द्राङबेँसीमा फेला परेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको सो बस निकाल्न सुरक्षाकर्मीको टोली गत आइतबारदेखि निरन्तर खटिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले बस निकै गहिरो लेदो, बालुवा र गेग्रानको थुप्रोमुनि पुरिएकाले निकाल्न समस्या भएको बताए ।

सुरुका केही दिन बसको केही भाग देखिए पनि हाल बाक्लो लेदोका कारण उत्खननमा प्राविधिक कठिनाइ आइपरेको एसपी कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ७० जनाको संयुक्त टोलीले एकसातासम्म लगातार प्रयास गरेपनि बस निकाल्न सकिएको छैन ।

२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए । उक्त दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीनजना घाइते भएका थिए । उक्त दुर्घटनामा ५१ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल