जोशी समुहले पनि उम्मेदवारी दिने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ४

नेपाली काँग्रेसको जोशी समुहले पनि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने भएको छ । जोशी समुहको आइतबार दमौलीमा सम्पन्न भेलाले तनहुँका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको सो समुहका नेता दिपकराज जोशीले बताए ।

नेपाली कांग्रेस स्वतन्त्र अभियानका संयोजक हरिशरण पण्डितको अध्यक्षता र नेपाली कांग्रेसका नेता सुकुमलाल गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलाले तनहुँका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । उक्त समुहले उम्मेदवारको रुपमा क्षेत्र नम्बर १ बाट सुकुमलाल गुरुङ र दिपकराज जोशी तथा क्षेत्र नम्बर २ बाट हरिशरण पण्डित र नरेन्द्र थापा मगरलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

उक्त भेलामा नेपाली कांग्रेसकी नेत्री तथा संविधान सभा सदस्य उर्मिला थापा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम अधिकारी, कांग्रेसका नेताहरू घनश्याम घिमिरे, परशुराम गिरी, ऋषिराम पोखरेल, दीपकराज जोशी, भानु नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिमलराज जोशी, नरेन्द्र थापा, केशरबहादुर गुरुङ, रेशम बहादुर गुरुङ, प्रतापसिंह अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन सहकार्यका विषयमा छलफल र संवाद अघि बढाउन हरिशरण पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । गठित समितिमा सदस्यका रूपमा सुकुमलाल गुरुङ, उर्मिला थापा, दीपकराज जोशी, ऋषिराम पोखरेल, नरेन्द्र थापा र प्रताप सिंह अधिकारी रहेका छन् । भेलामा सहभागी नेताहरूले स्वतन्त्र अभियान जोशी समूहलाई थप संगठित र प्रभावकारी बनाउँदै पार्टीभित्र सकारात्मक दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ