ढकाललाई बिजयी गराउन नेकपाको चुनाव परिचालन समिति गठन

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ११

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकाललाई बिजयी गराउन सो पार्टीको व्यास नगरपालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा नगर कमिटिका पुर्व अध्यक्ष रामचन्द्र सापकोटाको संयोजकत्वमा ५०१ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु हरिबहादुर चुमान, आशा कोइराला, शिवलाल थापा, कलिला खान, ओमकुमारी पौडेल, प्रदेश कमिटिका सहसचिव अतिन्द्रकेशरी न्यौपाने, जिल्ला संयोजक पारस गौलीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा केन्द्रीय सदस्यहरुले नेकपाको विजयलाइ अब कसैले रोक्न नसक्ने त्यसका लागि सवै तदारुकता साथ लाग्नु पर्नेमा विशेष जोड दिए । कार्यक्रममा स्वागत व्यास नगर समितिकी उपाध्यक्ष देवकी पौडेलले गरेकी थिइन् ।

उक्त अवसरमा क्षेत्र नम्बर १ का उम्मेदवार विद्या ढकालले तनहुँको विकास र समृद्धकोलागि पनि नेकपाका उम्मेदवारलाई बिजयी गराउनुपर्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै देशको विकास हुने बताए ।

उक्त अवसरमा सो पार्टीको आज एकता सन्देश बैठक पनि गरिएको थियो । बैठकले गोपाल सुर्खाली संयोजक र गजेन्द्रराज पन्थ सह संयोजक रहने गरि व्यास नगर कमिटि समायोजना गरेको छ । बैठकको कार्यतालिकाहरु तयार गरि सोही मुताविक पार्टीपंक्ति जनता र आम समर्थक शुभचिन्तक समेतको सहभागीतामा निर्वाचन अभियानको थालनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता