तनहुँ । माघ ११
नेकपा एमालेले तनहुँका दुबै निर्वाचन क्षेत्रमा निर्वाचनको गतिविधि सन्चालनकोलागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । शनिबार पार्टी कार्यालय दमौलीमा भएको क्षेत्रीय समन्वय कमिटिको बैठकले जिल्ला सचिव तथा क्षेत्रीय संयोजक प्रदिपराज अधिकारीको संयोजकत्वमा १ हजार १ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।




त्यसैगरि बैठकले पुर्व केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन तथा सुपरिवेक्षण कमिटि गठन गरेको छ । यसैगरि आर्थिक कमिटि, निर्वाचन प्रचार कमिटि, कार्यालय व्यवस्थापन कमिटि, युवा परिचालन, महिला, दलित, भुपु सैनिक तथा पेशागत क्षेत्र परिचालनकोलागि छुट्टाछुट्टै उपसमितिहरु पनि गठन गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा जिल्ला कमिटिका उपाध्यक्ष एवं क्षेत्रीय संयोजक राजेश्वर ढकालको संयोजकत्वमा १ हजार १ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । सो क्षेत्रमा केन्द्रीय सदस्य किरण गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन तथा सुपरिवेक्षण कमिटि गठन गरिएको छ । यसैगरि उक्त क्षेत्रमा आर्थिक कमिटि, निर्वाचन प्रचार कमिटि, कार्यालय व्यवस्थापन कमिटि, युवा परिचालन, महिला, दलित, भुपु सैनिक तथा पेशागत क्षेत्र परिचालनकोलागि छुट्टाछुट्टै उपसमितिहरु पनि गठन गरिएको छ ।












