ढकाललाई बिजयी गराउन नेकपाको चुनाव परिचालन समिति गठन

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ११

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) ले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकाललाई बिजयी गराउन सो पार्टीको बन्दीपुरमा निर्वाचन परिचालन कमिटि गठन गरेको छ । शनिबार बन्दीपुरमा आयोजित कार्यक्रममा लोकबहादुर बानियाको संयोजकत्वमा ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।

उक्त कार्यक्रममा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु हरिबहादुर चुमान, ओमकुमारी पौडेल, गिता शाही, जिल्ला संयोजक सुर्यबहादुर गौली, युवा नेता सुदिन पौडेल तथा बन्दीपुरका नेताहरुले यसपटक तारा चिन्हमा मतदान गरि नेकपाका उम्मेदवार विद्या ढकाललाई बिजयी गराउनुपर्ने बताए ।

नेकपाका संयोजक पुष्पकमल दाहाल नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध र शुसासनको पक्षमा काम गरिरहँदा नेपाली काँग्रेस र एमाले मिलेर उक्त सरकार ढालेपछि नै देशमा अस्थिरता र अराजकता सुरुवात भएको भन्दै नेताहरुले यसपटक नेकपालाई बहुमत दिलाई भ्रष्टाचार विरोधी सरकार बनाउनुपर्ने बताए ।

उक्त अवसरमा क्षेत्र नम्बर १ का उम्मेदवार विद्या ढकालले तनहुँको विकास र समृद्धकोलागि पनि नेकपाका उम्मेदवारलाई बिजयी गराउनुपर्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै देशको विकास हुने बताए । आफ्नो सम्पुर्ण जिवन इमानदारीता र निष्ठाको साथ बितेको भन्दै भ्रष्टाचारको अन्त्य, विधिको शासन र तनहुको समृद्धीकोलागि तारा चिन्हमा मतदान गर्नुपर्ने ढकालले बताए ।

यसैगरि नेकपाले आइतबार बन्दीपुर गाउँपालिका वडा नम्बर २ को खहरेमा भेला सम्पन्न गरेको छ । उक्त भेलामा बोल्ने नेताहरुले तारा चिन्हमा मतदान गरि नेकपाका उम्मेदवारलाई बिजयी गराउन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू