व्यास नगर अल्ट्रा म्याराथनको उपाधी नेपाली सेनाका रावललाई

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १६

व्यास नगरपालिकाले शुक्रबार माघ १६ गते सहिद दिवसको अवसरमा आयोजना गरेको ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ को उपाधी नेपाली सेनामा कार्यरत बझाङका करन रावलले जितेका छन् । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान ः व्यास नगरपालिकाको अभियान’ नारासहित व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास नगरपालिका–८, सहिद गाउँ पुलिमराङ सम्मको ४४ किलोमिटर दुरीको अल्ट्रा म्याराथनमा रावलले प्रथम भएका हुन् । रावलले उक्त दुरी २ घन्टा ४८ मिनेट २७ सेकेण्डमा पार गरे ।

उक्त प्रतियोगितामा रामेछापका तिलक बहादुर सुनुवारले द्वित्तीय र रामेछापकै होमलाल श्रेष्ठले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । सुनवारले २ घन्टा ५८ मिनेट र श्रेष्ठले ३ घन्टा ४ मिनेटमा उक्त दुरी पार गरेका थिए । द्वित्तिय र तृतिय हुने पनि नेपाली सेनामा कार्यरत रहेका छन् । प्रतियोगितामा काठमाडौंका श्रीकाश राई, एपिएफका राजन चौधरी र सोलुखुम्बुका मिलन कुलुङ सान्तवना भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७ र ५५ हजार ७७ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ भने सान्त्वना धावकलाई पुरस्कार स्वरूप जनही १६ हजार ७७ रुपियाँ प्रदान गरिएको थियो ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगरपालिकाले हरेक वर्ष माघ १६ गते सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन गर्दै आएको छ । प्रतियोगिताको गन्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

उक्त दौड मानुङकोटबाट सुरु भई, अलैंचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटारचोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै पुलिमराङ पुगेर टुङ्गिएको थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र स्थानीय पहिचान उजागर गर्ने अभियान भएको बताए । उक्त प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवद्र्धन गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि टेवा पुग्ने नगर प्रमुख न्यौपानेले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय