देवघाटमा माघ १९ देखि २९ गते हुने माघ–महोत्सव तथा शतचण्डीको तयारी पुरा

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १६

पवित्र धार्मिक स्थल देवघाटधाममा यही माघ १९ गतेदेखी २९ गतेसम्म हुने शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजकले शुक्रबार बिहान महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि उक्त धार्मिक महोत्सवको तयारी पुरा भएको जनाएको छ । देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पान्चायन मन्दिर (राम राम मन्दीर) को आयोजना तथा भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवका सकल्पकर्ता भागवत बाचक आचार्य शीतल कृष्ण महाराजले देवघाटमा रहेको निकै पुरानो दुर्गा पान्चायन मन्दिरको जिर्णाद्वारा तथा आश्रम निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सव गर्न लागिएको बताए । ऋषिमुनीहरुको तपोभुमीको रुपमा लिइने तथा पवित्र त्रिशुली र कालीगन्डकीको संमगमा माघ महिनामा स्नान गर्नाले ठुलो पुण्य प्राप्त हुने विश्वास छ । सोही अनुसार देवघाटमा मकर स्नान गर्न भक्तजनलाई निमन्त्रणा गर्ने उद्देश्यले माघ १९ देखी २९ गतेसम्म १० दिन उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ आयोजना गरिएको आचार्य शीतल कृष्णले बताए ।

देवघाट स्थित गलेश्वर आश्रम, महेश सन्यास आश्रम र हरिहर आश्रमका पिठाधिशले संयुक्त रुपमा उक्त महायज्ञको शुभारम्भ गर्नेछन् । दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने राम राम मन्दीरमा ४० वर्ष देखी अखण्ड रुपमा बलीरहेको अग्नीधुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने महायज्ञका संकल्पकर्ता आचार्य शीतल कृष्णले बताए ।

महायज्ञको क्रममा तनहुँ तर्फ मन्दिर रहेको स्थानमा १११ चण्डीपाठन तथा अग्नीधुनीमा चरु हवनको कार्यक्रम हुने र चितवन तर्फ नारायणी किनारमा निर्माण गरिएको विशाल पाण्डालमा नियमित कथा वाचन, भजन र नृत्यका कार्यक्रम तथा साँझमा गन्डकी आरती हुनेछ ।

उक्त महायज्ञमा विश्व विख्यात भातवत कथा बाचिका देवी प्रतिभा सहित शीतलकृष्ण महाराजले कथा वाचन गर्नेछन् । उक्त धार्मिक अनुष्ठान मार्फत राष्ट्रको शान्ति तथा समाजको समृद्धि र मानव कल्याणको कामना गरिने छ ।

उक्त माघ–महोत्सवमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक कपिलदेव भुषालले बताए । कार्यक्रमलाई सभ्य, सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सबै तयारी पुरा भएको उनले बताए । माघ महिनाको पवित्र अवसरमा आयोजना हुने यस धार्मिक पुण्य लाभ लिन सबै श्रद्धालु भक्तजनहरुमा महोत्सवका संयोजक तथा दुर्गा पान्चायन मन्दिरका अध्यक्ष गोपिचन्द्र भुषालले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा