घिरिङमा एमालेको चुनावमुखी विस्तारित बैठक

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १७

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत घिरिङ गाउँपालिकामा नेकपा एमालेको चुनावमुखी विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि पार्टीका कार्यकर्ता परिचालन र निर्वाचन परिचालन कमिटि गठन गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको थियो ।

उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य, तनहुँ इन्चार्ज एवं तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले तनहुँ क्षेत्र नम्बर २ को समस्या एमाले बाहेक अरुले समाधान गर्न नसक्ने बताए । उनले आफु यसै क्षेत्रको उम्मेदवार भएको र जनतासँगको सुमधुर सम्बन्ध नै आफ्नो जितको आधार भएको दाबी गरे । आफू टुरिष्ट उम्मेदवार नभएकाले जनताको समस्या र समाधानबारे जानकार रहेको उनको भनाइ छ ।

समस्या र समाधानसँग परिचित भएकाले विकास निर्माणसँगै शुसासनका निम्त्ति योगदान पु¥याउन सक्ने सिग्देलले बताए । ‘मैले मेरो क्षेत्रमा नजानेको, नचिनेको कुनै वडा छैन । म टुरिष्ट पनि होइन । म यहींको रैथाने आदिवासी हुँ । जो यहाँ पहिल्यैदेखि बसोबास गरेर काम गरेको छ राजनीतिक रुपमा आदिवासी हो म’, उनले भने, ‘त्यसैले मलाई सबै समस्या पहिचान छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी छ । मैले यो क्षेत्रको विकास निर्माण र यो ठाउँको शुसासनका निम्त्ति योगदान गर्न सक्छु भन्ने नै मेरो मूल आधार हो ।’

यो निर्वाचन देश बचाउने र देश जलाउने विच हुन लागेको हुँदा देश बचाउनेको पक्षमा परिणाम निकाल्नुपर्ने बताए । देश बचाउने शक्ति एमाले मात्र भएको हुँदा एमालेलाई जिताउन सम्पुर्ण कार्यकर्ता पुर्ण परिचालित हुनुपर्ने सिग्देलले बताए ।

नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य होमबहादुर थापा, जिल्ला कमिटिका उपाध्यक्ष एवं क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटिका संयोजक राजेश्वर ढकाल, जिल्ला सचिवालय सदस्य इन्द्र थापा, प्रदेश कमिटिका पुर्व सदस्य विष्णु भक्त सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

उक्त बैठकमा गाउँ कमिटि अध्यक्ष सुमनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक