तनहुँको माटोको सुगन्ध नै मेरो परिधि होः काँग्रेस उम्मेदवार भट्टराई

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १७

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोको सुगन्ध नै मेरो परिधि भएको बताएका छन् । तनहुँको आँगनमा आमाहरुसँगै बसेर बदाम खाँदै गरेको फोटो सार्वजानिक गर्दै भट्टराईले भनेका छन् ‘तनहुँको यो आँगनमा रमाइरहनु भएका तपाईंहरुसँग सँगै बदाम खाँदा होस् या आमाहरुबाट आर्शीवाद पाउँदा किन नहोस्, मेरो मन, मस्तिष्क र चिन्तनले यही माटोलाई समुन्नत बनाउने सोचिरहेको हुनेछ ।’

‘म प्रण गर्छु, यो मेरो सोचलाई म कदापि मर्न दिने छैन, तपाईंले पछुताउनु पर्ने बनाउने छैन’ आफुलाई तनहुँको भरोसायोग्य साथी भएको भन्दै भट्टराईले भनेका छन् ‘तपाईंहरुलाई पक्कै थाहा छ, तनहुँ र तनहुँबाहेक मैले आजसम्म अरु केही सोचेको छैन । मेरो मनमस्तिष्कमा केही छ भने तनहुँ छ ।

यसपटक प्रतिनिधिसभा निर्वाचनमा म होमिएको पनि जिल्लासबासीलाई थाहा नै छ भन्दै भट्टराईले भनेका छन् ‘तर, यो मेरो एक्लो विषय होइन, म त संसदमा, देशका नीतिमा तपाईंको आवाज सँगै लैजान चाहन्छु ।’ आफ्नो चुनावी अभियानमा तनहुँ क्षेत्र नम्बर १ का जनताको अभुतपुर्व साथ र सहयोग प्राप्त भएको भन्दै भट्टराईले जित निश्चित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा