देवघाटमा एमालेको चुनाव प्रचार समिति गठन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ १८

देवघाट गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । आइतबार देवघाट सिटि हलमा आयोजित वडा कमिटिको विस्तारित बैठकमा कार्यक्रममा वडा कमिटिका अध्यक्ष विकास ढकालको संयोजकत्वमा वडा स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पुर्व केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठले पछिल्लो समयमा नेपालमा डिजिटल वारको परिणाम आजको वर्तमान अबस्था रहेको बताए । सामाजिक सञ्जालको दुरुपयोगले आज सिङ्गो समाज भड्काउने काम भइरहेको भन्दै श्रेष्ठले भने बरु ढुङ्गा बोल्ला तर बालेन बोल्दैन । उनले देशमा बढेको अराजकताको अन्त्यकोलागि पनि नेकपा एमालेलाई बिजय गराउनुपर्ने बताए ।

नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सल्लाहाकार शिवराज पौडेलले पछिल्लो समयमा डिजिटल वार भइरहदा नेकपा एमाले पनि चट्टान भइ खडा भएर उभिएको बताए । यो बेला हरेक नागरिक सचेत हुन जरुरत रहेको भन्दै पौडेलले सचेत नागरिक भए मात्र देशलाइ बचाउन सकिने बताए । हरेक टोल–टोलमा निर्वाचन परिचालन गरि हरेक नेताहरुले आफ्नो जिम्मेवार पदको ख्याल गरि इमानदार निष्ठावान भएर जिम्मेवार बहन गर्न सके चुनाव सजिलै जित्न सकिने पौडेलले बताए ।

नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार समितिका सदस्य मोहन कुमार विकले जनताको आवश्यकता र चाहाना अनुरुप नेतागणहरुले काम गरेमा जनताले पनि त्यही हिसावले भोट दिने बताए । जनताको मन जित्न कुराले होइन कामले जित्नुपर्ने भन्दै विकले एमालेको नेतृत्वमा भएको लोकप्रिय कामले जनताको मन जितेको बताए ।

एमाले जिल्ला कमिटि सचिव प्रदिपराज अधिकारीले मुलुकमा आज अशान्ती बढ्दै गएको अधिकारीले बताए । पार्टीको सङ्गठित सदस्यहरुले अबको समयमा आलोचना र गुनासाहरु एकातिर राखेर नेकपा एमालेलाइ जिताउन सक्रिय रुपमा लाग्नुपर्ने अधिकारीले बताए । लैङ्गिक रुपले तथा जातिय रुपले हरेक टोलटोलमा पुगी जनता समक्ष आफ्नो कुरा राख्नुपर्ने अधिकारीले बताए । पछिल्लो समय जेनजी आन्दोलनमा गोली हान्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले आदेश दिएको भनेर भ्रामक समचार फैलाएको भन्दै अधिकारीले प्रहरी सङ्गठनले नै प्रधानमन्त्रीले गोली हान्न आदेश दिएको थिएन अबस्था अनुसार गोलि हान्न आदेश स्वतः दिएको हुन्छ भनिरहदा पनि यी त्यस्ता प्रतिशोध साधेर फैलाईएको भ्रामक समचारलाई नेकपा एमालेका कार्यकर्ताले चिर्नुपर्ने अधिकारीले बताए ।

एमाले जिल्ला कमिटिका सचिवालय सदस्य बाबुराम अधिकारीले अबको समयमा नेकपा एमालेको सवल पक्ष लिएर जनतामा पुग्नुपर्ने बताए । पछिल्लो समयमा सामाजिक सन्जालमा अश्लील शब्द बोल्ने, समाज भड्काउने जस्ता गतिविधि भइरहेको भन्दै अधिकारीले यसलाई नेकपा एमालेले चिर्नुपर्ने बताए ।

एमाले जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपानेले अव हुने चुनाव देश जलाउने र देश बचाउनेको बिचमा हुन लागेको भन्दै राष्ट्र र राष्ट्रियताको सवालमा अग्रपंक्तिमा नेकपा एमाले खम्बाको रुपमा उभिने पार्टी नेकपा एमाले रहेको हुँदा एमालेलाई जिताउनुपर्ने बताए । एमाले जिल्ला कमिटिका सदस्य कमला देवकोटाले कमला देवकोटाले चुनावलाई कसरी हुन्छ, को व्यक्ति कुन ठाउँमा जाँदा त्यहाँको मत पाउन सकिन्छ त्यो ठाउँमा त्यही व्यक्ति जानुपर्ने बताइन् । एमालेले महिलालाई उम्मेदवार बनाएको हुँदा यस विषयलाई सम्पुर्ण महिला समक्ष लैजानुपर्ने देवकोटाले बताइन् ।

सो कार्यक्रममा नेकपा एमाले देवघाट गाउकमिटिका उपाध्यक्ष भोजराज नैनावस्तीले अबको समयमा सबै जना गोलबन्द भए चुनावी प्रचार प्रसारमा लागि घरदैलोमा पुग्नु पर्ने बताए । पालिका कमिटिले वडा कमिटिलाई सधै सल्लाह शुझाव दिई भौतिक रुपले पनि साथ दिने नैनावस्तीले बताए । नेकपा एमाले जिल्ला सल्लाहकार समितिका सदस्य पञ्च बहादुर आलेले देवघाट गाउपालिका भरी जनसंख्या धेरै भएको वडा ५ नम्बर रहेको हुँदा ५ नम्बर वडाले अझ धेरै मिहेनत गरेर जिम्मेवार सदस्यहरु सक्रिय रुपमा लाग्नुपर्ने बताए ।

नेकपा एमाले वडा नम्बर ५ कमिटिका अध्यक्ष बिकास ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन वडा कमिटिका सचिव विष्णु मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको