काँग्रेसका उम्मेदवार भट्टराईको दमौलीमा घरदैलो, भट्टराईले भने ‘अब बदलिने तनहुँ, समुन्नत तनहुँ’

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २१

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले बुधबार दमौली बजार क्षेत्रमा घरदैलो गरेका छन् । बिहान ८ बजेबाट सुरु भएको उनको घरदैलो दिनभर वडा नम्बर २, ३ र ४ का विभिन्न क्षेत्रमा भएको थियो ।

सो क्रममा भट्टराईले प्रतिनिधि सभाको निर्वाचनमा आफुलाई मतदान गर्न दमौलीबासी समक्ष अनुरोध गरे । घरदैलोको क्रममा मतदाता समक्ष भट्टराईले भने ‘मैले २०५४ सालदेखि नै भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दै आइरहेको छु । त्यसलाई अव पनि म निरन्तरता दिईरहनेछु ।’

पछिल्लो समय तनहुँको आवाज नीति निर्माण तहमा अलिक ओझेलमा परेको महसुस जिल्लाबासीले गर्नु भएको भन्दै भट्टराईले अबको हाम्रो जिम्मेवारी तनहुँ भ्रष्टाचारमुक्त जिल्ला बनोस् र यहाँको तपाईंको आवाज नीति निर्माण तहमा पनि स्पष्टरुपमा सुनियोस् भन्ने नै रहेको बताए ।

त्यो जिम्मेवारी लिएर त्यसलाई पूर्णरुपमा निर्वाह गर्न आफु तयार रहेको भट्टराईले बताए । उनले भनेका छन् ‘हिजो, आज र भोलि कुनै पनि दिन मेरो मनमा, मस्तिष्कमा एउटै कुरा छ–तनहुँ । र, अब बदलिने तनहुँ, समुन्नत तनहुँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण