श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २२

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको आयोजनामा विहिबारबाट श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ विषयक वैज्ञानिक एवं व्यावहारिक प्रवचन कार्यक्रम सुरु भएको छ । महाशिवरात्री पर्व–२०८२ को पावन अवसरमा सनातन संस्कृति र ज्ञान–योगको सर्वोच्च ग्रन्थ श्रीमद्भगवद् गीताको महत्व र महिमा सहित यसको वैज्ञानिक एवं व्यावहारिक प्रवचनबाट दमौली क्षेत्र एवं आसपास नागरिकलाई ज्ञान–योगले सिञ्चित गराउने उद्येश्यले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दमौली शाखाले उक्त श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ विषयक वैज्ञानिक एवं व्यावहारिक प्रवचन कार्यक्रम आयोजना गरेको हो ।

दमौली सभाहलमा सन्चालन भएको उक्त कार्यक्रम माघ २६ गतेसम्म हुनेछ । सो कार्यक्रमको गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले उद्घाटन गरे । उक्त महायज्ञमा भागवत गिताको महत्व र मानव जिवनमा यसले पार्ने प्रभावको बारेमा भागवत् वाचक राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले प्रवचन प्रदान गर्नेछिन् । उनी विगत ३० वर्षदेखि ईश्वरीय विश्व विद्यालयमा समर्पित सदस्यको रुपमा आवद्ध भई विगत २५ वर्षदेखि देश–विदेशमा विभिन्न वर्गहरुका लागि तनाव व्यवस्थापन, सकारात्मक चिन्तनको कला लगायतका दर्जनौं प्रशिक्षण प्रदान गर्दै आएकी छिन् ।

धर्मग्लानिको वर्तमान समयमा अधर्मको विनाश र सत्य सनातन देवी देवता धर्मको स्थापनार्थ ज्योतिस्वरुप परमपिता परमात्माले सम्पूर्ण मानव आत्माहरुको मनरुपी कुरुक्षेत्रमा चलिरहेको द्वन्द्वको समाधान गरी पवित्रता, सुख, शान्ति र आनन्द प्राप्तिका लागि दिनुभएको सत्य ज्ञान नै वास्तवमा श्रीमद् भगवद् गीता ज्ञान भएको बताईएको छ ।

वर्तमान समयमा मानिसको व्यक्तिगत (मानसिक), पारिवारिक एवं व्यवसायिक जीवनमा आइपर्ने सर्वसमस्याहरुको समाधान छ । कर्मयोगको अद्वितीय कला सिकाउने यो शास्त्र सम्पूर्ण जाति, धर्म, वर्ग, पेशा र लिङ्गका मानवआत्माहरुको साझा, अनुकरणीय र दिव्य ज्ञानकोष हो भन्दै उनले गीतामा उल्लेख गरिएका परमात्माका महावाक्यहरु व्यावहारिक र वैज्ञानिक हुनाको कारणले मानव जीवनका हरेक पलहरुसँग यसको सान्दर्भिकता जोडिएको बताए ।

श्रीमद्भगवद् गीताको उपर्युक्त महत्व र आवश्यकतालाई मध्यनजर गर्दै यसको आध्यात्मिक रहस्योद्घाटन गरी व्यास नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा निवास गर्नुहुने सम्पूर्ण मानवआत्माहरुलाई ज्ञान–योगले सिञ्चित गराउने उद्देश्यले निःशुल्क, निश्वार्थ र निष्काम रुपमा पाँच दिवसीय उक्त महायज्ञ कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र दमौलीले जनाएको छ । उक्त अवसरमा श्रीमद् भगवद् गीता ज्ञानको वैज्ञानिक एवं व्यावहारिक प्रवचन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक