देवघाटमा एमालेको निर्वाचन प्रचार कार्यालय उद्घाटन

Devghat Online

शेयर गरौ

मैले खोजेको संघर्षको मुल्य हैन, कामको जिम्मेबारी होः न्यौपाने

देवघाट । माघ २४

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत देवघाट गाउँपालिकामा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । वडा नम्बर ५ को पिपलटारमा खोलिएको उक्त कार्यालयको नेकपा एमालेकी केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेले शनिबार उद्घाटन गरिन् ।

उक्त अवसरमा बोल्दै एमाले उम्मेदवार न्यौपानेले आफुले संघर्षको मुल्य खोजेको नभई कामको जिम्मेबारी खोजेको बताईन् । लामो समयदेखी देश र जनताको पक्षमा संघर्ष गर्दै आएपनि अहिले कामको जिम्मेबारी दिन चुनावी मैदानमा आएको न्यौपानेले बताइन् । उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् ।

उनले आफ्नो सम्पुर्ण जिवन नै देश र समाजको लागि त्याग गरेको बताइन् । ‘म मा राजनीतिक चेत भएदेखी नै समाज परिवर्तन र समाजमा भईरहेको लैङ्गिक र अन्य विभेद र असमानताको विरुद्ध आवाज उठाएँ’ न्यौपानेले भनिन् । जनताको पक्षमा सानैदेखी संघर्ष गर्दै आएँ र अहिले तनहुँ जिल्लालाई समृद्ध बनाउने जिम्मेबारी लिन आएको उनले बताइन् ।

देवघाट मुलुककै प्रमुख धार्मिक पर्यटनको क्षेत्र भएको भन्दै न्यौपानेले यहाँको धार्मिक पर्यटनको विकास, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतको क्षेत्रमा अझ धेरै काम गर्नु पर्ने भन्दै उनले ति कामहरु आफुले सांसद भएर गएपछि गर्ने उनले बताए । कसैले पनि गुनासो गर्नुपर्ने ठाउँ नराख्ने उनको भनाई थियो ।

राष्ट्रिय राजनीति तर्फ इङ्गित गर्दै उनले भनिन् ‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन, यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’ देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउनको लागि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् । न्यौपानेले यो चुनाव देश जोगाउने र देश जलाउनेहरुको विच भएको भन्दै देश जोगाउनेहरुले बिजय प्राप्त गर्नुपर्ने बताइन् ।

२०८४ मा हुनुपर्ने चुनाव धेरै षड्यन्त्र गरि २०८२ मै सारिएको भन्दै उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानका पक्षधरहरु एकजुट भई सबै षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताइन् । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि नेकपा एमाले र यसको नेतृत्व प्रति चौतर्फी आक्रमण भएको भन्दै न्यौपानेले बिदेशीबाट परिचालित यी नयाँ भन्नेहरुले जिते भने एक वर्ष भित्र देशमा अनिष्ट हुने बताइन् । जसले राजनीति बुझेको छैन, जसको केही अस्तित्व छैन ती व्यक्तिहरु भाइरलको नाममा चुनावमा आएको भन्दै त्यस्ता तत्वले जितेमा देशको अस्तित्व नै खतरामा पर्ने उनको भनाई थियो । ५३ दिन मन्त्री हुँदा ९ वटा सहासिक निर्णय गरेको भन्दै उनले उक्त समय गौरवपुर्ण समय भएको बताइन् ।

उक्त अवसरमा नेकपा एमाले गन्डकी प्रदेशका सल्लाहाकार शिवराज पौडेल, जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपाने, देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, सचिव शान श्रेष्ठ लगायतले देवघाटको निर्वाचन परिचालन कार्यलाई प्रभावकारी बनाई एमालेको पक्षमा बिजयी हासिल गर्ने गरि काम गर्नुपर्ने बताए ।

नेकपा एमाले देवघाटको निर्वाचन प्रचार कार्यक्रम अन्तर्गत शनिबारबाट उम्मेदवार न्यौपानेको उपस्थितीमा देवघाटको विभिन्न वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम हुने भएको छ । शनिबार गाउँ कमिटिको निर्वाचन कार्यालय उद्घाटन सम्पन्न भएको छ भने शनिबार नै वडा नम्बर ४ को विभिन्न स्थानमा कार्यक्रम हुने भएको छ । त्यसैगरि माघ २५ गते आइतबार वडा नम्बर ३ का विभिन्न स्थान, सोमबार वडा नम्बर २ र १ का विभिन्न स्थान र मंगलबार वडा नम्बर ५ को विभिन्न स्थानमा कार्यक्रम हुने गाउँ कमिटिका अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय