गोविन्द भट्टराई भन्छन्ः अबका पाँच वर्षमा तनहुँको स्वास्थ्य सेवामा कायापलट हुनेछ

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २४

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले अवको पाँच वर्षमा आफ्नो नेतृत्वमा तनहुँको स्वास्थ्य सेवामा कायापलट हुने दावी गरेका छन् ।

आफ्नो क्षेत्रका मतदातासँगको भेटमा प्रतिबद्धता जनाउँदै भट्टराईले भने ‘विश्वास गर्नुस्, अबका पाँच वर्षमा मेरो नेतृत्वमा तनहुँको स्वास्थ्य सेवामा कायापलट हुनेछ । हामीले अकालमै ज्यान गुमाउन पर्ने छैन ।’ अब तनहुँका प्रत्येक पालिकामा ५० शैय्याका सुविधासम्पन्न अस्पताल चाहिन्छ भन्दै भट्टराईले त्यस्तै आपतकालीन स्वास्थ्य समस्या आउँदा एम्बुलेन्स बोलाएर छिमेकी जिल्ला जानु पर्ने अहिलेको बाध्यता रहेको हुँदा यहाँ एउटा सय शैयाको विशिष्ट अस्पताल पनि चाहिने बताए ।

अब तनहुँको रुपान्तरण दीर्घकालीन, न्यायपूर्ण र प्रभावकारी हुने भन्दै भट्टराईले तनहुँका बुबा आमाहरुले शिरमा हातमा राखेर दिनुभएको आर्शिवाद र मप्रति देखाउनु भएको सद्भावको कारण सधैं सधैं जिम्मेवारीपूर्वक आफ्नो उद्देश्यमा अगाडि बढ्न अभिप्रेरित गर्ने बताए ।

समृद्ध तनहुँ आफ्नो सपना रहेको भन्दै उनले भने ‘अब तनहुँको रुपान्तरण गर्नु पर्ने छ– दीर्घकालीन, न्यायपूर्ण र प्रभावकारी । त्यसका लागि तपाईंहरुले मलाई विश्वास, गर्नुस्, तपाईंलाई पछुतो हुने छैन ।’

हामीले अब तनहुँको रुपान्तरणः दीर्घकालीन, न्यायपूर्ण र प्रभावकारी’लाई आफ्नो मन्त्र बनाएर अगाडि बढ्नुपर्छ, यसका लागि म तयार भइसकेको भन्दै भट्टराईले मतदाताको साथ पाउनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल