भिमादमा नेकपा एमालेको प्रचार कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २५

भिमाद नगरपालिकामा नेकपा एमालेको प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । वडा नम्बर ६ को क्याम्पस रोडमा स्थापना गरिएको उक्त कार्यालयको नेकपा एमालेका केन्द्रीय सदस्य, तनहुँ जिल्ला इन्चार्ज एवं प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले आइतबार उद्घाटन गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार सिग्देलले भिमाद नगरपालिकाको विकासमा एमालेको नेतृत्वको सरकारले धेरै काम गरेको बताए । आफु विगतमा सांसद हुँदा भिमादको पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा खेलकुँदको विकासमा धेरै उल्लेखनीय काम गरेको बताए । आफुले सांसदको रुपमा काम गर्दा यहाँका जनताको हितमा काम गरेको भन्दै सिग्देलले फेरी एक पटक भिमादको विकासमा काम गर्ने चाहान रहेको बताए ।

सिग्देलले जनतासँगको सुमधुर सम्बन्ध नै आफ्नो जितको आधार भएको दाबी गरेका छन् । आफू टुरिष्ट उम्मेदवार नभएकाले भिमादका जनताको समस्या र समाधानबारे जानकार रहेको उनको भनाइ छ । समस्या र समाधानसँग परिचित भएकाले विकास निर्माणसँगै शुसासनका निम्त्ति योगदान पु¥याउन सक्ने सिग्देलले बताए ।

‘मैले भिमादको भुगोल नचिनेको कहीँ छैन, ५० वर्ष देखी यही क्षेत्रमा काम गरेको छु ।’ ‘मेरो क्षेत्रमा नजानेको, नचिनेको कुनै वडा छैन । म टुरिष्ट पनि होइन । म यहींको रैथाने आदिवासी हुँ । जो यहाँ पहिल्यैदेखि बसोबास गरेर काम गरेको छ राजनीतिक रुपमा आदिवासी हो म’, उनले भने, ‘त्यसैले मलाई सबै समस्या पहिचान छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी छ । मैले यो क्षेत्रको विकास निर्माण र यो ठाउँको शुसासनका निम्त्ति योगदान गर्न सक्छु भन्ने नै मेरो मूल आधार हो ।’

‘मेरो उम्मेदवारी हिजो २०७४ सालदेखि गर्दा अधुरा कामलाई सम्पन्न गराउनुपर्नेछ । कतिपय नयाँ कामका निम्ति पनि जनताको भावना वा माग अनुसारका कामलाई नेतृत्व गर्नुपर्नेछ’, सिग्देलले भने, ‘नयाँ कामको थालनी गर्नका लागि पनि म कटिबद्ध भएर लाग्नेछु । यसको साथसाथै यस क्षेत्रमा गर्नुपर्ने कामका साथसाथै देशको सिंगो राजनीति अलिकति अलि जटिल ढंगबाट गुज्रिराखेको छ ।’

उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिकी सदस्य शारदा खनाल, भिमाद नगर कमिटिका अध्यक्ष इमान थापा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको