देवघाट–३ का युवाहरुलाई समाजसेवी गुरुङद्वारा भलिबल र नेट प्रदान

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ २५

देवघाट गाउँपालिका वडा नम्बर ३ का युवाहरुलाई देवघाट गाउँपालिका–५ का समाजसेवी तथा सफल व्यवसायी शुकलला गुरुङले भलिवल र नेट उपलब्ध गराएका छन् । गुरुङले आइतबार युवाहरुलाई करिब १२ हजार रुपैयाँ बराबरको उक्त खेलकुँद सामाग्री उपलब्ध गराएका हुन् ।

युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्दै स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले सहयोग गरेको गुरुङले बताए । पछिल्लो समयमा खेलकुदबाट देश देखि विदेशसम्म देशलाई चिनाउने काम भएको भन्दै गुरुङले संघ, प्रदेश र स्थानिय सरकारले खेल र खेलाडी प्रति खासै ध्यान दिन नसक्दा युवाहरु खेलबाट टाढा हुन परेकोले आफुले सहयोग गरेको बताए ।

हरेक व्यक्तिले यसरीनै युवाहरुको चाहाना र भावनालाई बुझेर सहयोग गर्न सके देवघाटका युवाहरुले पनि एकदिन राष्ट्रिय स्तरमा देवघाटको नाम चिनाउन सक्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक