पत्रकार महासङ्घ तनहुँले स्व. मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २५

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पूर्व सल्लाहकार, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

मियाँको निधन भएको चौथो दिनको पुण्यतिथिमा आइतबार शाखामा आयोजित श्रद्धाञ्जली सभामा शाखाका अध्यक्ष डिपी अधिकारीले स्व.शेष मोहम्मद हनिफ (गोरा मियाँ) फोटो पत्रकारिता स्मृति पुरस्कार स्थापना गरिने घोषणा गरे ।

स्वर्गीय मियाँले फोटो पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानलाई चीरस्थायी बनाउन शाखाले उक्त अक्षयकोष स्थापना गर्ने निर्णय गरेको अधिकारीले बताए ।

विसं २०१८ वैशाख ६ गते जन्मिनुभएका शेष मोहम्मद हनिफ मियाँको २०८२ माघ २१ गते ६४ वर्षको उमेरमा दुःखद निधन भएको थियो । स्व. मियाँले फोटो पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याएका थिए । मियाँ फोटो पत्रकार महासंघ नेपालको केन्द्रीय अध्यक्ष रहिसकेका छन् । यसका साथै उनी विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

यसैबीच मियाँको निधनमा शाखाले आइतबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । श्रद्धाञ्जली सभामा शाखाका अध्यक्ष अधिकारीले स्व. मियाँको निधनले समाजले एक असल, निष्ठावान् र सेवाभावी व्यक्तित्व गुमाएको छ भने सञ्चारक्षेत्रले एक कर्मठ, इमानदार र समर्पित पत्रकार गुमाएको उल्लेख गरे ।

श्रद्धाञ्जली सभामा शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ, प्रेस सेण्टर नेपालका गण्डकी प्रदेश सचिव एसवि नेपाली, शाखाका पदाधिकारी, सदस्य एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन