देवघाट पुगेर काँग्रेस उम्मेदवार भट्टराईले भनेः योग्य प्रतिनिधि नछान्दा ३ वर्ष दुख पाउनुपर्यो

Devghat Online

शेयर गरौ

देवघाट । माघ २७

नेपाली काँग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई मंगलबार देवघाट गाउँपालिका पुगेका छन् । चुनावी अभियानको क्रममा मतदातालाई भेट्न भट्टराई देवघाट पुगेका हुन् । वडा नम्बर ४ को गाईघाटबाट आफ्नो चुनावी अभियान सुरु गरेका भट्टराईले उक्त वडाको काफलडाँडा, सिन्चाङ लगायतको क्षेत्रमा प्रचार प्रसार कार्यालय उद्घाटन, घरदैलो र मतदातालाई भेटघाट गरेका थिए ।

गाईघाटमा स्थापना गरिएको वडा नम्बर ४ को निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै भट्टराईले यस अघिको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का मतदाताले योग्य प्रतिनिधि नछान्दा दुख पाउनु परेको बताए । तनहुँबाट निर्वाचित प्रतिनिधिले तनहुँको विकासमा एकरत्ति पनि चासो नदिँदा यहाँका जनताले दुख पाउनु परेको उनले बताए । अव विगतको गल्ती सच्याउने अवसर आएको भन्दै भट्टराईले अव फागुन २१ गते हुने निर्वाचन मार्फत जनताले विगतको गल्ती सच्याउनुपर्ने बताए ।

भट्टराईले यसअघि मैले गरेका कामहरु समाज सुधारका लागि गरेको भन्दै भट्टराईले खानेपानी, सडक, सामाजिक भवनदेखि लिएर यहाँका स्कुलहरुको स्तरोन्नतीका लागि आफुले तनहुँमा लामो समय जनताको काममा बिताएको बताए । अव भविष्यमा पनि आफ्ना योजनाहरुलाई निरन्तरता दिने उनको भनाई थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका देवघाट गाउँ कार्य समितिका सभापती तिलबहादुर थापा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण