शुक्लागन्डकीमा भएको सवारी दुर्घटनामा व्यासकी उपमेयर दरै घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २७

मंगलबार दिउँसो शुक्लागन्डकी नगरपालिका–२ नर्सरीमा भएको सवारी दुर्घटनामा व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरै घाइते भएकी छिन् । उक्त दुर्घटनामा उपमेयर दरै सहित चार जना घाइते भए । दुर्घटनामा उपमेयर दरैको टाउको र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुलेगौंडाबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको एक जना सवार मोटरसाईकल र विपरित दिशातर्फ आउँदै गरेको ग १ ज ४६६७ नम्बरको टयाक्सी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । ठक्कर पछि ट्याक्सी ब्याक हुँदा पोखराबाट दुलेगौंडा तर्फ आउँदै गरेको ध १ ज ६२४ नम्बरको सामान बोक्ने भ्यानमा ठक्कर खाएको थियो ।

उक्त दुर्घटनामा ट्याक्सीमा सवार व्यास नपा १ भादगाउँ घर भएकी ४८ वर्षीया व्यास नपाकी उपमयेर इन्दिरा दरै र उपमेयर दरैका छोरा २७ वर्षीय हेमन्त दरै घाइते भए । हेमन्तको टाउको र पेटमा चोट लागेको छ । त्यसैगरि ट्याक्सी चालक मकवानपुर जिल्ला रक्सीडाँडा गापा–१ घर भई हाल जिल्ला कास्की पोखरा मनपा–५ मालेपाटन बस्ने ३८ बर्षीय सन्देश गोले घाइते भए । उनको टाउकोमा चोट र शरीरको बिभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाईकल चालक कास्की जिल्ला पोखरा मनपा–१४ चाउथे बस्ने बर्ष १८ को समेश कुमार थापा पनि घाइते भए । उनको टाउको, पेट र दायाँ खुट्टामा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको पश्चिमान्चल अस्पताल पोखरामा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ