उम्मेदवार र युवाविच सवाल जवाफः ‘हामी भत्काउने हैनैं, बनाउने जेनजी हौं’

Devghat Online

शेयर गरौ

 

    पृथ्वी भुजेल, व्यास नपा–१२

म एकाबिहानै मेरो नियमित कक्षा पढाउन ६ बजे नै विद्यालय पुगिसकेको थिएँ । अनि करिब ९ बजे खाना खानको निम्ति घर जांदै थिएँ, किन कि म फेरि १० बजे स्कुल हाजिर हुनु थियो । अचानक हुलाकी चौतारामा धेरै जनसमुदाय उपस्थित रहेछन् । अनि म अचम्म परें । गाउँमा सधैं मैले भनेपछी मात्र मानिसहरु उपस्थित हुने गर्थे तर आज मलाइ कुनै पत्तो नभै गाउँका युबाहरु भगवती दिदिलाइ भेट्न जम्मा भएछन् । अनि दिदी र युबाहरु बिच मीठो कुराकानी अनि आत्मियता बढेछ । दिदि र युबाहरु बिच यस्तो कुरा भएछः

युबाले भन्छनः दिदी हामी एमाले भएकै कारण हाम्रो समुदायमा जितेर गएकाले बिकास गरेनन् । गएको चुनाबमा एक जना भोट माग्न पनि आएन तर हामीले भोट दियौं फर्केर पनि आएन । हामीले हालेको मतले जित निकाल्न नसक्दा हामी जहिले हेला परियो ।

भगवती न्यौपानेः म चुनाब जितुँला या नजितुँला । तर यहाँको समस्या अब म बोकेर हिड्छु र मेरो पहलले गर्न सकिने गर्नेछु ।

युवाले भन्छन्ः आन्दोलनमा नाबालकलाई प्रयोग गरेर आफुलाइ जेन्जी भन्नेहरु जस्तो जेन्जी हामी होइनौं है दिदी । हामीलाई जलाउन भत्काउन आउदैन, बनाउन मात्र आउँछ । हामी भत्काउने हैनौं बनाउने जेनजी हौं ।

मेरो गाउँका युबाहरु धेरै सचेत भईसकेछन् । तर अर्का एक थरी युबा अझै देश जलाउन र नाबालक लाई ढाल बनाएर आफ्नो स्वार्थ पुर्ती गर्नेहरु रहेछन् ।

अनि म स्कुटरको हर्न बजाएर बाटो खाली गर्न लगाएर गुन्द्रुकको झोलसँग खाना खान गएँ र त्यसपछि फर्केर विद्यालय आउन हिडें ।

मैले बाटोमा देख्दै गरेको एक दृश्य मात्र लेखेको हुँ मैले राजनीति गरेको होइन ।

(भुजेलले सामाजिक सन्जालमा व्यक्त गरेको धारणा)
भुजेल व्यास नपा १२ भडखाला स्थित मत्स्यकन्या आधारभुत विद्यालयमा शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता