निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाईँदै, ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचन लक्षित सुरक्षा व्यवस्था मजबुत बनाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन नागरिकलाई अनुरोध गरेका छन् । बुधबार जिल्लाको समग्र वस्तुस्थिति र निर्वाचन तयारीबारे सञ्चारकर्मीहरूसँग छलफलमा उनले यस्तो बताएका हुन् ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । मतदानअघि, मतदानको दिन तथा मतदानपछिका लागि समेत सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको प्रजिअ तिवारीको भनाइ थियो । मतदान केन्द्रको अवस्था हेरेर जोखिमपूर्ण स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिने पनि उनले जानकारी दिए ।

जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह, सुशासन, अपराध नियन्त्रण र विकास निर्माणका काम सहजीकरणलगायत विषयमा सबै निकायसँग समन्वय र सहकार्य गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । जिल्ला सुरक्षा समितिले निर्वाचनको सुरक्षाको बारेमा अभ्यास समेत प्रर्दशनी गरेको भन्दै प्रजिअ तिवारीले कुनै पनि उम्मेदवार तथा मतदाताले असुरक्षित महशुस गर्ने अवस्था नआउने बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा मोबाइल गस्ती परिचालन गरिने जानकारी दिए । पृथ्वीराजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि कोत्रेदेखि मुग्लिनसम्म ६ वटा दुर्घटना न्यूनीकरण समिति गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । लागुऔषध नियन्त्रण, दुर्घटना न्यूनीकरण र समग्र शान्ति–सुरक्षा कायम गर्न नागरिक पनि सचेत हुनुपर्ने एसपी कार्कीको भनाइ थियो ।

मनकामना सशस्त्र प्रहरी गण भानुका गणपति एसपी श्रीराम कुँवरले सबै पक्ष सचेत भए दुर्घटना न्यूनीकरण र सुरक्षित वातावरण निर्माणमा ठूलो सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचन आचारसंहिता पालना गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनले निर्वाचन सामग्री ढुवानी, निर्वाचन सञ्चालनका लागि आवश्यक कर्मचारी विवरण सङ्कलन तथा जनशक्ति व्यवस्थापनसम्बन्धी काम भइरहेको जानकारी दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष धनपति (डिपी) अधिकारी, पुर्व अध्यक्षद्वय प्रकाशचन्द्र भट्टराई र ओमकार आचार्य सहित सञ्चारकर्मीहरूले राजमार्गमा बढ्दो सवारी दुर्घटना, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, निर्वाचन केन्द्रित सुरक्षा तथा बजार अनुगमनलगायत विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय