सबैथोक उही, तर नयाँमा जाँदैमा सही चाँही कसरी ?

Devghat Online

शेयर गरौ

सुदिप केसी, भानु नपा–१२

आज संयोगबस राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले र उहाँसँगै चुनावी प्रचारमा आउनुभएका धेरै दाजुहरू सँग भानु नपा–१३, चन्द्रवतीमा भेट भयो । मेरो उहाँहरू सबैप्रति व्यक्तिगत रुपमा सधैँ हार्दिकता र सम्मान छ ।

तर मेरो मनमा उब्जिएको एउटा आश्चर्य तपाईं सबैसँग सेयर गर्न मन लाग्यो । सो समूहमा अग्रपंक्तिमा लागेर हिड्नु भएका प्राय सबै हिजो नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । डा. वाग्ले कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले प्रतिनिधि सभामा उम्मेदवार नबनाएको भएर विचलित हुनुभयो, नयाँ दलमा प्रवेश गर्नुभयो ।

अरु आदरणीय दाइहरू कसैले प्रदेश सभामा टिकट पाउनुभएन, एकजना दाईले ब्यास नगरपालिकाको मेयरको टिकट पाउनुभएन, अर्का दाइले आँबुखैरेनी गाउँपालिकाको अध्यक्षको टिकट पाउनुभएन, अर्का काकाले बन्दीपुर गाउँपालिकाको अध्यक्षको टिकट पाउनुभएन, अरु २ जना दाइले भानु नगरपालिकामा वडा अध्यक्ष पाउनुभएन, अरु पनि केही मेरा आदरणीय अग्रजहरु हुनुहुन्थ्यो, कसैले पार्टीमा पद पाउनुभएन कसैले जनप्रतिनिधी बन्न पाउनुभएन । उहाँहरू सबै अवसरको खोजीमा बिद्रोह गरेर पार्टी छोड्नुभयो ।

मैले फेरि दोहो¥याँए, उहाँहरू सबै आदरणीय अग्रजहरु प्रति मेरो सदा सम्मान छ, एकाधले बाहेक मलाई सबैले माया र साथ पनि दिनुहुन्छ । मलाई आश्चर्य चाई कहाँनिर लाग्यो भने उहाँहरू हिजो नेपाली कांग्रेसमा हुँदा वा अन्य दलमा हुँदा खराब अनि आज नयाँ दलमा जाँदा सही चाई कसरी हुनुभयो ?

ब्यक्ती उही ! विचार उही ! बाटो उही ! मन उही ! अनि मस्तिष्क पनि उही ! नयाँमा जाँदैमा सही चाँही कसरी अनि किन ?
प्रश्न उहाँहरू प्रति होइन, उहाँहरूको पछि लाग्ने आम नेपालीहरुलाई ! शुभकामना, सम्मान अनि माया छ सबैलाई ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता