दमौली–केशवटार सडकको गुँदी खण्डमा कालोपत्र सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

सदरमुकाम दमौलीबाट वडा नम्बर १४ को केशवटार जाने दमौली–केशवटार सडकको वडा नम्बर १३ को गुँदी खण्डमा कालोपत्रे पुरा भएको छ । सो सडककको गुँदी खण्डमा हालै कालोपत्र पुरा भएको हो । यो सँगै दमौली–केशवटार सडकको कुल १४ किमि मध्ये नौ किमि सडक पक्की भएको छ ।

कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको व्यास नगरपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकारको रु पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्र गरिएको हो । गण्डकी प्रदेश सरकारको अघिल्लो वर्षको बजेटबाट निर्माण कार्य बढाईएकामा उक्त कार्य सम्पन्न भएपछि अब पाँच किमि सडक कालोपत्र हुन बाँकी रहेको वडा नम्बर १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लागिएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको रु ६ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढेपनि जेनजी आन्दोलन पश्चात संघीय सरकारबाट उक्त योजना हाललाई स्थगित गरिएको वडा नम्बर १४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए ।

गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको तथा केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले