तनहुँ । माघ २९
दमौलीका खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको गुनासो गरिएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा ग्याँसको डिपोमा अनुगमन मारिएको छ ।



दमौलीमा ग्याँसको कृत्रिम अभाव भएको जनगुनासो आएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय, एकिकृत सेवा कार्यालय, जिल्ला प्रहरी, व्यास नगर प्रहरी र खाद्य डिभिजन कार्यालयको सयुंक्त टोलीले दमौलीमा रहेका ग्याँसका तिन वटा डिपोमा अनुगमन गरेको थियो ।
सो अनुगमनका क्रममा ग्यास कृत्रिम अभाव नगराईएको र उद्योगले माग अनुरुप पठाउन नसक्दा केही अभाव भने देखिएको अनुगमन टोलिले जनाएको छ ।












