तनहुँ । माघ २९
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अभिषेक जोशीले चुनावको प्रचारसँगै हिन्दु धर्मको पवित्र ग्रन्थ श्रीमद्भागवतगीता समेत वितरण गरिरहेका छन् । भागवतगीता वितरणका अभियन्ता समेत रहेका जोशीले चुनावी अभियानसँगै गीता वितरण कार्यलाई समेत अगाडी बढाईरहेका छन् ।



उनले एक लाख घरमा भागवतगीता पु¥याउने आफ्नो लक्ष्य रहेकोमा अहिले अकस्मात चुनावको घोषणा भएपछि त्यो अभियान अवरुद्ध भएको बताए । तरपनि चुनावी प्रचारसँगै तनहुँका मतदाता समक्ष भागवत गीता पनि पु¥याईरहेको उनले बताए ।

जोशी हिन्दु धर्मका अभियन्ता हुन् । कन्चनपुर जिल्ला घर भएका जोशीले तनहुँ क्षेत्र नम्बर १ देवताहरुको जमघट हुने स्थान देवघाट, भागवत गीताका रचनाकार महर्षी वेदव्यासको जन्मस्थल दमौली, व्यासकी आमा छाब्दी बाराही लगायत महत्वपुर्ण भुमी रहेकोले यही निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न आएको बताए । उनले यस धार्मिक क्षेत्रको प्रचार प्रसार र यस क्षेत्रको महत्वलाई विश्वमाझ चिनाई धर्म संस्कृतीको माध्यमबाट समृद्ध बनाउने आफ्नो उद्देश्य रहेको बताए ।
मुक्तीनाथमा वर्षेनी लाखौं भारतीय पर्यटक जाने गरेपनि आदिप्रयागको रुपमा लिईने देवघाटधाम र महर्षी व्यासको जन्ममुभीमा ति पर्यटकलाई लैजान नसकिईरहेको अवस्थामा आफुले यस क्षेत्रको महत्व र गरिमालाई विश्वमाझ पु¥याई यहाँको कला, धर्म र संस्कृतीको प्रचार प्रसार र सम्बद्र्धन गरि आर्थिक समृद्धीको लागि काम गर्ने जोशीले बताए ।

धर्म र संस्कृती नाश हुँदै जाँदा देशको अस्तित्व पनि संकटमा पर्दै जाने हुँदा आफुले धर्म र संस्कृतीको रक्षाकोलागि देवभुमी तनहुँबाट उम्मेदवारी दिएको जोशीले बताए । राजसंस्थाको अन्त्य गरेपछि धर्म र संस्कृतीमाथी पनि अतिक्रमण हुँदै गएको हुँदा राजसंस्थाको पुनस्थापना गरि नेपाललाई सनातन धर्मको मुलुक बनाउने आफ्नो उद्देश्य रहेको र तनहुँका जनताले आफ्ने उद्देश्यलाई अनुमोदन गर्ने विश्वास लिएको जोशीले बताए ।

हिन्दु धर्मको अभियन्ता समेत रहेका जोशीले तनहुँ जिल्ला देवघाट जस्तो पवित्र देवभुमी रहेको, महर्षी वेदव्यासको जन्मस्थान रहेको तथा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान रहेको कारणले पनि यो ठाउँको गरिमा जोगाउन उम्मेदवार बनेको बताए । तनहुँको निर्वाचन क्षेत्रबाट हिन्दु विरोधीले चुनाव जित्न नहुने मान्यतामा उनी छन् । सोही कारण पनि जोशी सनातन धर्मको रक्षाकोलागि आफु चुनावी मैदानमा आएको बताए । जोशीलाई समानुपातिककी उम्मेदवार खुस्बु ओलीले साथ दिईरहेकी छिन् ।












