जनताको मन र भावना जित्नेगरि काम गर्छुः ढकाल

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले तनहुँ क्षेत्र नम्बर १ मा साँच्चै जनताको मन जित्नेगरि, जनताको भावनाको कदर हुने गरि काम गर्ने बताएका छन् ।

विहिबार आबुँखैरेनी गाउँपालिकाको विभिन्न वडामा मतदातालाई भेट गर्दै ढकालले यहाँको भुगोल, यहाँको इतिहाँस, यहाँको सामाजिक रहनसन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, खानेपानी लगायतको सबै विषयसँग म गहिरोसँग जानकार भएको भन्दै जनताको मन र भावना जित्नेगरि काम गर्ने बताए ।

जसले यहाँको भुगोल बुझेको हुन्छ, त्यसले मात्रै काम गर्ने ढकालको भनाई थियो । तनहुँ क्षेत्र नम्बर १ मा जनताको मन जित्नेगरि, जनताको भावनाहरुको कदर हुने गरि काम गर्ने भन्दै ढकालले देशभक्तीको भावनाका साथ अगाडी बढेको बताए । तनहुँ जिल्ला भित्र आफुले विगतदेखी नै भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको भन्दै उनले आफ्नो परिचय जिल्लामा भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा पनि भएको बताए ।

देशको स्वाधिनता र अखण्डताको अहिले खतरामा परेको हुँदा पुनः एकपटक स्वाधिनता र अखण्डताको रक्षाकोलागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै ढकालले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वले मात्रै देशको स्वाभिमान र अखण्डताको रक्षा गर्ने बताए ।

भ्रष्टाचार र विसंगतीको अन्त्यसँगै देशभित्रै रोजगारीको सिर्जना हुनुपर्ने र कोही पनि रोगजारीकोलागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले त्यो विषय आफ्नो मुख्य एजेण्डा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने