स्पष्ट एजेन्डा र परिणाममुखी कार्ययोजनासहित चुनावी मैदानमा छुः वाग्ले

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २९

राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले तनहुँको बृहत्तर विकासकोलागि रास्वपाको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए । विहिबार व्यास नगरपालिकाको वडा नम्बर ७ र १० का मतदातालाई भेट गर्दै वाग्लेले नेपाली जनताले परिवर्तन चाहिरहेको र अबको विकल्प रास्वपालाई स्पष्ट बहुमतसहित देश चलाउने जिम्मेवारी प्राप्त हुने बताए ।

सो क्रममा वाग्लेले त्यस क्षेत्रका मतदातालाई भेटी जनताको समस्या, आवश्यकता र विकासका अपेक्षाबारे छलफल गरेका थिए । पुराना गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि पनि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने भन्दै उनले यसको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी र नागरिक सेवामा पर्ने बताए ।

स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेको भन्दै वाग्लेले आफुहरुसँग बहुमत माग्ने आधार र नेतृत्व पनि रहेको बताए । उनले रास्वपाको नेतृत्वमा अव देशले चाँडै नै मुहार फेर्ने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता