मतदातालाई भेट्न एमाले तनहुँ–२ का उम्मेदवार सिग्देल कावासोतीमा

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १

नेकपा एमाल तनहुँ क्षेत्र न २ का उमेदवार केदार सिग्देल मतदातालाई भेट्न शुक्रबार नवलपुरको कावासोती पुगे । तनहुँ क्षेत्र नम्बर २ का विभिन्न पालिका स्थायी घर घई हाल नवलपुरको कावासोती वरपर बस्दै आएका मतदातालाई भेट गर्न सिग्देल कावासोती गएका हुन् ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार सिग्देलले चुनावको समयमा आफ्नो घर फर्केर मतदानमा भाग लिन र एमालेलाई बिजयी गराउन अनुरोध गरे ।

सो अवसरमा सिग्देलले तनहुँ–२ को विकासकोलागि गर्नुपर्ने कामहरुको बारेमा पनि सुझाव मागेका थिए । उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य होमबहादुर थापा, नेकपा एमाले तनहुँ जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल तथा तनहुँ–२ घर भई कावासोतीमा विभिन्न पेशा र व्यवसाय गरेर बस्दै आएका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन