स्वतन्त्र उम्मेदवार दीपक राज जोशीको घरदैलो निरन्तर

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १

तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दीपक राज जोशीले शुक्रबार विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रम अन्तर्गत व्यास नपा १३ को चर्च घर, कुकुरढुङ्गे, गुँदीफच्याङ, केशबटार, रुम्सी, नयाँगाउँ, ठिन, हर्कपुर, कुलुङ र छाबदी लगायतका क्षेत्रका स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिएको थियो ।

घरदैलोका क्रममा स्थानीय नागरिकहरूले क्षेत्रका विकास, पूर्वाधार, रोजगारी, सेवा प्रवाह लगायतका विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए । साथै ती समस्याहरूको समाधानका सम्भावित उपायबारे खुला छलफल समेत गरिएको थियो ।

अन्तरक्रियाका क्रममा विगतमा निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षाअनुसार काम नगरेको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि व्यक्त गरेका थिए । जनताले अब आफ्नो दुःख–सुखमा साथ दिने, जवाफदेही र स्थानीय आवश्यकताप्रति संवेदनशील उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उक्त अवसरमा उम्मेदवार जोशीले स्थानीयवासीका सुझाव, गुनासा र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै जनताको विश्वासलाई विकास, सुशासन र जवाफदेहितामार्फत व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता