भानुका विभिन्न वडामा एमाले उम्मेदवार न्यौपाने, न्यौपाने भन्छिन्ः ‘भानुको समस्या मैले समाधान गर्छु’

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेको चुनावी अभियानको क्रममा शनिबार बिहानै देखी भानु नगरपालिकाको विभिन्न वडामा पुगिन् । न्यौपाने शनिबार बिहान भानु नपा १, २, ३ र ८ र ९ का मतदातालाई भेट्न पुगिन् । सोही क्रममा उम्मेदवार न्यौपानेको न्यौपाने उपस्थितीमा शनिबार भानु नपा ८ मा एमालेको प्रचार कार्यालय समेत स्थपना गरिएको थियो ।

भानु नपाका एमालेका नेताहरुको साथ उम्मेदवार न्यौपानेले मतदातालाई भेटी प्रतिनिधि सभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् । आफु भानु नगरपालिकाको छोरी भएको र यहाँको सबै समस्या आफुलाई जानकारी भएको भन्दै यस क्षेत्रका जनताको विकास र समृद्धीको लागि पनि काम गर्ने उनले बताइन् । उम्मेदवार न्यौपानेले पनि आफ्नो सम्पुर्ण जिवन नै देश र समाजको लागि त्याग गरेको बताइन् । ‘म मा राजनीतिक चेत भएदेखी नै समाज परिवर्तन र समाजमा भईरहेको लैङ्गिक र अन्य विभेद र असमानताको विरुद्ध आवाज उठाएँ’ न्यौपानेले भनिन् ।

‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन’ न्यौपानेले भनिन् ‘यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’ देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउन पनि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् ।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतका नेताहरुले विकास र समृद्धीको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ