मनराज एमाले प्रवेश

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

केही समय अगाडिसम्म उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश संयोजक रहेका युवा नेता मनराज गुरूङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएपछि गुरूङले असन्तुष्टि व्यक्त गर्दै पार्टीबाट राजिनामा दिएका थिए । त्यसपछि उनी कुलमान घिसिङको उज्यालो पार्टीमा प्रवेश गर्दै गण्डकी प्रदेशको संयोजक बने । उनेपाबाटै उनले फागुन २१ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका थिए । पछि गुरूङले उम्मेद्वारी फिर्ता लिदै रस्वपालाई समर्थन गर्ने घोषणा गरे ।

गुरूङले रास्वपालाई समर्थन गर्ने मात्रै नभइ रास्वपा प्रवेशको चर्चा चल्यो । अहिले फेरि उनी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगरपालिका कमिटीका अध्यक्ष समेत रहेका गुरूङ शुनपा १२ का पूर्व वडाध्यक्ष समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि