सम्मानजनक मत सहित तनहुँ–१ मा चुनाव जित्छुः स्वर्णिम वाग्ले

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले सम्मानजनक मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । टेलिभिजन कार्यक्रम ‘प्रष्ट प्रश्न’ मा सन्चालक राजेन्द्र बानियाँसँग भानु नपाको टुहुरे पसलमा अन्तवार्ता दिँदै वाग्लेले सम्मानजनक मत ल्याएर चुनाव जित्ने दाबी गरे ।

२०८० मा भएको उपचनिर्वाचनमा तनहुँ–१ बाट अत्याधिक मत सहित सांसद निर्वाचित भएका वाग्लेले यस पटक पनि आफुले सम्मानजनक मत ल्याएर जित्ने दाबी गरेका हुन् । उनले आगामी सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमत सहितको सरकार बन्ने दावी गर्दै वाग्लेले उक्त सरकारले तनहुँको दिर्घकालिन विकासकोलागि काम गर्ने बताए ।

तनहुँमा ‘गेम चेन्जर योजना’ सन्चालन गर्ने उनले दाबी गरे । आफुलाई कहिले धर्मको नाममा त कहिले विकासको काम नगरेको, गाउँ फर्केर नआएको भन्दै विपक्षीहरुले आलोचना गरेको भन्दै वाग्लेले ति सबै आरोपलाई तनहुँका जनताले मतपत्र मार्फत खारेज गर्ने दाबी गरे ।

वाग्लेलाई लाग्दै आएको एमसिसिको एजेण्ट भन्ने आरोप पनि उनले खण्डन गरे । एमसिसि पारित गर्ने काँग्रेस, एमाले र माओवादी भएको उनले आरोप लगाए । निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गर्ने वाग्लेले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता