मतदानको तयारी, सबै मतदान केन्द्रमा सर्वदलीय बैठक

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

तनहुँका सबै मतदान केन्द्रमा मतदानको तयारी गरिएको छ । मतदान कार्यको लागि तोकिएका मतदान अधिकृत लगायत कर्मचारीहरु सोमबारदेखी नै मतदान केन्द्रमा खटिएका छन् ।

उनीहरुले मंगलबार मतदान केन्द्रमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । विहिबार हुने मतदान कार्यलाई स्वच्छ, निश्पक्ष, भयरहित र निर्वाधरुपमा सम्पन्न गर्न उक्त स्थानमा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा सर्बदलीय बैठक राखिएको भानु नपा ११ मा रहेको त्रिभुवन मावि मानेचौका मतदान केन्द्रका मतदान अधिकृत ध्रुवराज पौडेलले बताए ।

मतदान केन्द्रमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपुर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

यसै क्रममा संवैधानिक हकको रूपमा रहेको नागरिकको मताधिकारलाई सहज बनाउन स्थानीय थप आचारसंहिता निर्माण, जिम्मेवारी लगायत विभिन्न निर्णयहरू समेत गरिएको मतदान अधिकृत पौडेलले जानकारी दिए ।

त्रिभुवन माविसँगै जिल्लाभर रहेका सबै मतदान केन्द्रमा सौहार्दरुपमा सर्बदलीय बैठक सम्पन्न भएको र मतदान कार्यलाई शान्तिपुर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए । मतदान कार्यको तयारी अन्तर्गत आज बुधबार सबै मतदान केन्द्रको निर्माण गरिने भएको छ ।

तनहुँमा २ अस्थायी सहित १४४ मतदान स्थल र ३०९ वटा मतदान केन्द्र रहेको छ । २ वटा अस्थायी मतदान केन्द्रहरु जिल्ला कृषि विकास कार्यालय र जिल्ला कारागार कार्यालय रहेको छ । कृषि विकास कार्यालयमा अस्थायी नामावली भएका मतदाताहरु (सरकारी तथा संस्थानका कर्मचारी)ले मतदान गर्नेछन् भने कारागारमा कैदी÷बन्दीहरुले मतदान गर्नेछन् ।

तनहुँमा क्षेत्र नम्बर १ मा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार १०४ गरि १ लाख २६ हजार ८८२ जना र क्षेत्र नम्बर २ मा पुरुष ६१७१३ र महिला ६५८०२ गरि १ लाख २७ हजार ५१५ गरि कुल २ लाख ५४ हजार ३९७ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी