निर्वाचनको सुरक्षा व्यवस्थामा कडाई

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

सरकारले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिएका हुन् ।

आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ । विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकन गर्दै ३ हजार ६८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

जम्मा १० हजार ९६७ मतदान स्थलहरुलाई बाँडफाँड गरिएको छ । राउतका अनुसार तीन घेरामा सुरक्षा प्रबन्ध रहन्छ । जुन विगतदेखि नै हुने गरेको अभ्यास हो । त्यसमा सबभन्दा ‘आउटर’ (बाहिरी) घेरामा नेपाली सेना त्यसपछि सशस्त्र प्रहरी बल र ‘कोर’ (भित्री) घेरामा भित्र नेपाल प्रहरीको रहने व्यवस्था छ । सचिव राउतले मतदान स्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रवन्ध मिलाउनका लागि मात्र गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध