धार्मिक स्थलबाट निर्वाचित सांसदहरुले दिए मतदातालाई धन्यवाद

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २४

तनहुँ क्षेत्र नम्बर १ र २ का नवनिर्वाचित सांसदहरुले आइतबार धार्मिक स्थलबाट मतदातालाई धन्यवाद दिएका छन् । क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्ले व्यास नपा १४ को छाब्दी बाराही मन्दिर र क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले शुक्लागन्डकी नगरपालिकाको ढोरबाराही मन्दिरबाट मतदातालाई धन्यवाद दिएका छन् ।

वाग्ले आइतबार कार्यकर्ताहरुको साथमा छाब्दी बाराही मन्दिर पुगेका थिए । उनले मन्दिरको दर्शन गरि मतदातालाई धन्यवाद दिएका थिए । त्यसैगरि न्यौपाने पनि ठुलो संख्यामा कार्यकर्ताहरुको साथमा ढोरवाराही मन्दिरको दर्शन गर्न गएका थिए ।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले र क्षेत्र नम्बर २ बाट रास्वपाकै श्रीराम न्यौपाने अत्याधिक मत सहित बिजयी भएका थिए ।

यसैगरि सांसदहरुले विभिन्न स्थानमा गई मतदातालाई पनि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन