एमालेले समानुपातिकतर्फ १६ सांसदको नाम टुंग्यायो

Devghat Online

शेयर गरौ

काठमाडौं । फागुन ३०

नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले जनजाति क्लस्टरतर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सिफारिस गरेको छ । खस–आर्य क्लस्टरतर्फ महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) चयन भएका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी थारु क्लस्टरतर्फ पुरुषमा कृपाराम राणा चयन भएका छन् । दलित क्लस्टरतर्फ महिलामा विष्णुमाया वी.के. र नीता घटानीलाई सिफारिस गरिएको छ । मधेसी क्लस्टरतर्फ महिलामा रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल चयन भएका छन् । यस्तै मुस्लिम क्लस्टरतर्फ महिलामा साजिदा सिद्दीकीलाई सिफारिस गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण