शुक्लागण्डकीमा रैथाने खाना महोत्सव हुने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३०

शुक्लागन्डकी नगरपालिकामा दुई दिने आदिवासी जनजाति रैथाने खाना महोत्सव हुने भएको छ । रैथाने परिकारको पाककला र स्वाद नवपुस्तालाई हस्तानतरण गर्नलाई खाना महोत्सव हुने भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको आयोजनामा चैत २ र ३ गते महोत्सव हुनेछ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा महोत्सव गरिनेछ ।

महोत्सवमा शुक्लागण्डकीमा बसोबास गरिरहेका आदिवासी जनजाती समुदायका मौलिक घर निर्माण गरेर तीनै घरमा परम्परागत तवरले पकाएर रैथाने खानाको स्वाद चखाइने महासंघका अध्यक्ष कूलकुमार कुमालले बताए ।

साँस्कृतिक झाँकी र गीत, नृत्यसमेत प्रस्तुत गरिने उनको भनाइ छ । भाषा, संस्कार, संस्कृति संरक्षणमा अन्तरक्रिया हुने कुमालले जानकारी दिए । महोत्सवले रैथाने खाना संरक्षणमा चेतना बढाउने विश्वास गरिएको छ । ‘रैथाने खानाको माग बढ्दा निर्वाहमुखी कृषिबाट व्यवसायीकतर्फ उन्मुख हुन सघाउने अपेक्षा छ’, कुमालले भने ।

महोत्सवका सल्लाहाकार खिमबहादुर कुमालले आदिवासी जनजाति समुदायले खाने खानाको परिकार स्वावस्थ्यका हिसाबले पनि उयुक्त भएको बताए । ‘ती खानालाई प्रर्दशन र प्रचार गरेर व्यवसायिककरण गर्न सकिन्छ कि भनेर लागेका छौं’, उनले भने ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव बिमल जिसी आदिवासी जनजातिका खानाका परिकारसँगै चालचलन, रीतिरिवाज, संस्कृति सबै समुदायमा पु¥याउनुपर्ने बताए । ‘कुन समुदायले कस्ता खाना खान्थे । जन्मदेखि मृत्युसम्मका संस्कारहरु प्रत्यक्ष रुपमा देखाउने कोशिषमा छौं’, उनले भने ।

मगर, गुरुङ, नेवार, कुमाल, भुजेल र तामाङ समुदायका खानाका परिकार एकैथलोमा चखाइने महोत्सवकी प्रवक्ता बिर्सना श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार, महोत्सवमा बटुक, बारा, सेलरोटी, चटामारी, गिठ्ठा, भ्याकुर, चटामरी, फुरौला, योमरीदेखि लोकल रक्सी, माछा, मासुका परिकार प्रर्दशनसँगै खानपानको व्यवस्था मिलाइको छ ।

शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा हुने महोत्सवको सहआयोजकमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकी नगरपालिका, मगर, गुरुङ, नेवार, कुमाल, भुजेल, तामाङ र थकाली समाजका नगर समिति रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ