भिमादमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १

भिमाद नपा–९ मा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भिमाद नपा–९ अस्पाक्दी स्थित रिठ्ठाभञ्ज्याङ–सेराबेंशी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामाग्री लोड गरी ठकुरी थरतर्फ जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाई सडकको दाईने साईडको नालीमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार कामदार कपिलबस्तु जिल्ला शिवराज नपा–१ चैनपुर घर भएका बर्ष ४५ को माईला भन्ने लड्डु थारुको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएपछि उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा चालक सहित तिन जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर चालक म्याग्दे गापा–५ छाङपाटन बस्ने बर्ष ३२ को अनिल कुमाल, ट्याक्टरमा सवार कामदार बर्ष ५० को नारायण पुन, ट्याक्टरमा सवार कामदार बर्ष ५१ को दुर्गा बहादुर पुन रहेका छन् । उनीहरुको जिपि कोईराला अस्पताल र पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी