तनहुँ । चैत २
ग्रीन डेभलपमेन्ट बैंक दमौली शाखाको आयोजनामा सोमबार वित्तिय साक्षरता कार्यक्रम आयोजना गरियो । ग्लोबल मनी सप्ताह २०२६ को अवसरमा बालबालिका र युवालाई पैसाको सही प्रयोग, बचत, लगानी र वित्तीय निर्णयबारे सचेत बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकका शाखा प्रबन्धक सुदिप न्यौपानेले बताए ।



ग्रीन डेभलपमेन्ट बैंकको दमौली शाखा कार्यालयमा सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत १५० छात्राहरूलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा दमौली शाखाका प्रबन्धक न्यौपानेले वित्तिय साक्षरता सम्बन्धी विषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रमले युवाहरूलाई पैसा बचत किन गर्ने, कसरी गर्ने, डिजिटल मोवाइल बैंकिङ सम्बन्धी जानकारी र भविष्यमा पर्न सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्नलाई निकै टेवा पुगेको विद्यार्थीहरुले बताए ।












