तनहुँ । चैत ३
आगामी चैत १९ गतेदेखी सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को लागि तनहुँमा परीक्षा केन्द्र तोकिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँले मंगलबार तनहुँको लागि २२ वटा परीक्षा केन्द्र तोकेको हो । तनहुँमा यसवर्ष एसइइ परीक्षामा नियमित तर्फ चार हजार ९४०, र ग्रेडबृद्धि तर्फ एक हजार २१५ जना कुल छ हजार १५५ जना परीक्षार्थीले सहभागि हुनेछन् । संस्थागत र सामुदायीक गरि १७४ विद्यालयका विद्यार्थीहरु एसइइ परिक्षामा सहभागी हुनेछन् ।



इकाइका अनुसार परीक्षा केन्द्रहरुमा महेश संस्कृत गुरुकुल देवघाट, मित्रता मावि सत्रसय, पवित्रा मावि पिप्ले, भानु मावि बन्दीपुर, होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार, निर्मल मावि भादगाउँ, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दीर मावि दमौली, महर्षी वेदव्यास संस्कृत मावि दमौली, चण्डीदेवी राष्ट्रिय मावि कुमालटारी रहेका छन् ।






यसैगरि मिन मावि थर्पु, सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, पन्चमुनी मावि दुलेगौंडा, हंशबाहिनी मावि एक्लेखेत कोत्रे, गाउँफर्काेदय मावि ढोरफिर्दी, जनज्योती मावि भिमाद, धर्म मावि भिमाद, शिव सरस्वती मावि ऋषिङ र चन्द्रज्योती मावि घिरिङ रहेका छन् ।
प्राविधिक धार तर्फको नियमित तथा ग्रेड बृद्धिका सबै परीक्षार्थीहरुको परीक्षाकेन्द्र बालमन्दिर मावि दमौली र २०७९ सालको एसइइमा सहभागी भई यस वर्षको ग्रेड बृद्धी परीक्षामा सहभागी हुने पुरानो कोर्ष तर्फका सबै परीक्षार्थीको परीक्षा केन्द्र निर्मल मावि दमौली कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।
देवघाट स्थित चारवटा संस्कृत गुरुकुलका विद्यार्थीहरुले देवघाटको महेश संस्कृत गुरुकुलमा रहेको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, बेदबेदाङ्ग संस्कृत गुरुकुल र तनहुँको पहिलो छात्राहरु मात्र अध्ययन गर्ने माँ कल्याणी बैदिक कन्या गुरुकुलका परीक्षार्थीहरु महेश संस्कृत गुरुकुल परीक्षा केन्द्रबाट एसइइ परीक्षामा सहभागी हुनेछन् ।












