देवघाटमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत १२

हिन्दुहरुको मुख्य पर्व चैतेदशै अवसरमा देवघाटमा खुल्ला पुरुष तथा महिला प्रतियोगिता सुरु भएको छ । देवघाट कालिका मन्दिरले गत वर्ष झै यसपालि पनि चैतेदशैको अबसरमा राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित खेलकुद प्रतियोगीता आयोजना गरिएको कार्यक्रमको आर्थिक संयोजक अमर थापा मगरले बताए ।

देवघाट गाउँपालिका–५,नयाँबस्ती स्थित खेलमैदानमा आयोजित उक्त खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको विहिबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गरे । सो अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थापाले कालिका मन्दिर व्यवस्थापन समितिले पछिल्लो समयमा कालिका मन्दिरलाइ चिनाउदै गएको बताए । हरेक खेलाडीले आफू पछिको खेलाडी जन्माउदै जान पर्ने भन्दै अध्यक्ष थापाले पछिल्लो समयमा देवघाटमा मन्दिरहरुले धार्मिक रुपमा पर्यटन प्रवद्र्धन गर्न ठुलो योगदान दिएको बताए ।

कालिका मन्दिरका अध्यक्ष यमबहादुर अस्लामी मगरको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङ, देवघाट बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी, ईलाका प्रहरी कार्यालयका प्रमुख शिव थापा, देवघाट युवा तथा खेलकुद समिति अध्यक्ष अमर फेवाली, समाजसेवी छवीजंग ठकुरी, राम अस्लामी लगायतको उपस्थिती रहेको थियो ।

गत वर्षमा आयोजित प्रतियोगिताबाट बचत भएको रकमले मन्दिर परिसर भित्र महिला र पुरुष शौचालय र खानेपानी धारा जडान गरिएको आर्थिक संयोजक मगरले बताए । यसवर्ष आयोजना हुने प्रतियोगिता बाट बचत भएको रकमले मन्दिरमा रेलिङ हालिने मगरले बताए । प्रतियोगितामा खुल्ला पुरुष भलिवल, महिला भलिवल, डोरी तान्ने र ३५ वर्ष माथिका उमेरको भेट्रान भलिवल ३५ प्रतियोगिता हुने मगरले बताए ।

पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरुस्कार रु. ५० हजार र द्वित्तिय पुरस्कार रु.२५ हजार तथा महिला भलिवलको प्रमथम पुरस्कार रु.१५ हजार र दोश्रो पुरस्कार रु. सात हजार रहेको छ । त्यस्तै डोरी तान्ने खेल तर्फ प्रथम पुरुस्कार रु.दुई हजार र दोश्रो पुरस्कार रु. एक हजार रहेको छ । ३५ वर्ष माथिको भेट्रान खुल्ला भलिवल तर्फ भने प्रथम पुरस्कार कुखुराको भाले रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ