तनहुँका स्वर्णिम अर्थमन्त्री बन्दै

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १२

बालेन्द्र शाहको नेतृत्वमा बन्ने नयाँ सरकारमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । नयाँ सरकार हुने मन्त्रीहरुको नाम सार्वजानिक नभएपनि वाग्ले अर्थमन्त्री बन्ने निश्चित जस्तै रहेको छ । रास्वपाका सभापती रवि लामिछाने र संसदीय दलका नेता शाहका विच वाग्लेलाई अर्थमन्त्री बनाउने सहमती भईसकेको बताईएको छ ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभपाती समेत रहेका सांसद वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै आफ्नो भाबी कार्ययोजना र प्राथमिकताका बारेमा बोलेका छन् । उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनका समयमा जनतामाझ गरिएका प्रतिबद्धताहरुलाई नै मुख्य आधार बनाएर अघि बढ्ने बताए ।

डा. वाग्लेले आफ्नो कार्यकालका तीनवटा मुख्य खम्बाका रुपमा सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई अघि सारेका छन् । उनले राज्यका हरेक संयन्त्रमा सुशासन कायम गर्नु नै पहिलो सर्त रहेको उल्लेख गर्दै देशको खस्कँदो अर्थतन्त्रलाई गति दिन ठोस आर्थिक सुधारका कार्यक्रमहरु आवश्यक रहेकोमा जोड दिए । देशको विकासका लागि दिगो र गुणस्तरीय पूर्वाधार निर्माणलाई उनले आफ्नो तेस्रो मुख्य प्राथमिकताको रुपमा रहेको बताए ।

नेतृत्व तह स्वच्छ र पारदर्शी हुनुपर्ने धारणा राख्दै उनले आफ्नो पार्टीले उठाएका एजेन्डाहरुलाई सदनमार्फत प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रसिद्ध अर्थविद्को रुपमा परिचित वाग्ले अर्थमन्त्री बन्ने भएपछि देशको अर्थतन्त्रपनि सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक