शुक्लागण्डकी महोत्सव जारीः प्रमोदको कन्सर्टमा झुमे दर्शक

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १५

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ शुक्लागण्डकी महोत्सव जारी छ । आइतवार दिउँसो कलाकार घनश्याम रिजाल, सञ्जिव सिंह राना, सन्तोष केसी, तुलसा क्षेत्री लगायतको प्रस्तुती थियो । त्यस्तै साँझ लोकप्रिय गायक प्रमोद खरेलको लाईभ कन्र्सटमा दर्शक झुमेका छन् ।

आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीसँगै लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको संघका उपमहासचिव विर्सना श्रेष्ठले जानकारी दिइन् । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता चलिरहेको छ । भलिबलतर्फ आइतवार म्याग्दे र बौद्धिकालीबीच भएको पहिलो खेलमा बौद्धिकाली विजयी भयो । अजुर्नचौपारी र हरिनाशबीचको खेलमा अर्जुनचौपारी अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

माछापुच्छ«े र पुतलीबजारबीचको खेलमा माछापुच्छ«े समयमा नआएपछि वाकओभरमा पुतलीबजारलाई विजयी घोषणा गरिएको प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सीनाले जानकारी दिए । सोमवार भिमाद र शुक्लागण्डकी एबीच पहिलो खेल हुने छ । सेमिफाइनलतर्फ अर्जुनचौपारी र पुतलीबजारबीच दोस्रो खेल हुने छ । अर्को खेल बौद्धीकालीले र भिमाद र शुक्लागण्डकीबीचमा हुने खेलका विजेतासँग भिड्ने छ । महोत्सवको अवसरमा यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।

महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समितिको सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो